कम्युनिस्ट देश लुट्न आएका लुटेरा हुन् : रामचन्द्र पौडेल

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्टहरूलाई देश लुट्न आएका लुटेराको संज्ञा दिएका छन् । कांग्रेसले आज मुलुकभर गरेको सडक आन्दोलनको क्रममा काठमाडौँको रत्नपार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कम्युनिस्टबाट मुलुकको विकास हुने परिकल्पना पनि गर्न नसकिने बताए । ‘कम्युनिष्टहरू देश लुट्न आएका लुटेरा हुन्,’ पौडेलले भने, ‘उनीहरूबाट मुलुकको विकास हुन्छ भन्ने परिकल्पना पनि गर्न सकिन्न ।’
केपी शर्मा ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता गुमाइसकेको पौडेलको भनाइ छ । ओली नेतृत्वको सरकार कस्तो छ भनेर सत्तारूढ दल नेकपाकै अध्यक्ष पुष्पकमल दाहालले लिखित प्रतिवेदनमा भनिसकेकोले कांग्रेसले थप भन्न नपर्ने पौडेलले बताए ।
‘केपी शर्मा ओली नेतृतवको सरकारले संविधान, कानुन नियम विपरीत सर्वसत्तावाद लाद्ने काम गरेको छ । भ्रष्टाचारले सीमा नाघेको छ,’ पौडेलले भने, ‘ओली नेतृत्वको सरकार कस्तो छ, कांग्रेसले भन्न पर्दैन । नेकपाकै अध्यक्ष पुष्पकमल लाहालले पार्टी सचिवालयमा पेस गरेको प्रतिवेदनमा भनेका छन् । नेकपाकै सचिवालय र स्थायी समितिमा बहुमत सदस्यले सरकार असफल भयो भनेका छन् । तसर्थ प्रधानमन्त्री ओलीले सत्तामा बस्ने नैतिक हैसियत गुमाइसके ।’
कांग्रेस कुनै पनि अतिवादसँग नझुक्ने र अतिवाद लाद्न खोज्नेलाई तह लगाउने पौडेलले बताए । अहिले सरकारको असफलता र राष्ट्रपतिको अनावश्यक तामझामका कारण देशभर राजसंस्था व्युँताउने नारा लागेको पौडेलको आरोप छ । प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले हंत्या हिंसाका घटना बढाउनुमा पनि सरकार कारक रहेको पौडेलले बताए ।
यो संसदको कार्यकाल रहदासम्म कांग्रेस सरकारमा नजाने भन्दै पौडेलले आगामी निर्वाचनमा ओली नेतृत्वको सरकारले गरेका कुकृत्यलाई जबरजस्त रूपमा जानतासामु लिएर जाने बताए । कांग्रेसलाई सुधार्ने उनको भनाइ थियो । कार्यक्रममा केन्द्रीय सदस्यद्वय नविन्द्रराज जोशी र डिला संग्रौलाले पनि सम्बोधन गरेका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया