सम्मानसहित मदनकृष्ण र गौरीको 'सुनको कचौरी' रिलिज

काठमाडौँ- नयाँ गीत 'सुनको कचौरी' रिलिज कार्यक्रममा देवीथान म्युजिकले अग्रजलाई पनि सम्मान गरेको छ । उद्याेगपति विनोद चौधरीको प्रमुख आतिथ्यता, बरिष्ठ कलाकार नीर शाह र हरिवंश आचार्यको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा विनोद चौधरीलाई पनि सम्मान गरिएको थियो। कदरपत्र, दुर्गाको प्रतिमाको साथमा उनले नेपाली काल, साहित्य क्षेत्रमा गरेको योगदानका लागी सम्मान गरिएको थियो। त्यस्तै नीर शाह, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतका व्यक्तिलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको थियो।
मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको आवाजमा रहेको 'सुनको कचौरी' बोलको गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत रहेको छ। राजेश पूमा राईले निर्देशन गरेको भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्ल फिचर रहेका छन्।
उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ। गीतको भिडियो रिलिज कार्यक्रममा नीर शाह, हरिवंश आचार्य र विनोद चौधरीले भिडियोको बारेमा बोलेका थिए। मदनकृष्ण र गौरीको जोडी र भिडियोको प्रस्तुति तारिफयोग्य रहेको प्रतिक्रिया सवैले दिएका थिए।

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

प्रतिक्रिया