अबका तीन खेलले गर्नेछन् कुमनको भविष्य निर्धाण

काठमाडौँ - गत बुधबार च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्न म्युनिखसँग हार बेहोर्यो । जर्मन च्याम्पियनसँग तीन गोल खाँदा बार्सिलोना हरेक विभागमा कमजोर देखिएको थियो । उता स्पेनिस लिगमा पनि बार्सिलोनाको स्थान मजबुद देखिएको छैन । तीन खेल खेल्दा दुई जीत हासिल गरेको बार्सिलोना १०औँ स्थानमा छ । अंक तालिकामा शीर्ष दुईमा रहेका रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडसँग बार्सिलोनाले प्रतिस्पर्धा गर्न सक्छ वा सक्दैन भन्ने प्रश्न उठिरहेको छ ।
बायर्नसँग आफ्नै मैदानमा निराशजनक प्रदर्शन गरेको बार्सिलोनामाथि यतिबेला प्रश्न उठिरहेको छ । आखिर बार्सिलोनाको लक्ष्य के हो त ? कुन बाटोमा अघि बढ्न चाहान्छ बार्सिलोना ? क्याट्लन क्लब दुई सिजनअघिको ला लिगा च्याम्पियन हो । गत सिजन भने तेस्रो सिजनमा सीमित भयो । यसपाली पनि बार्सिलोनाबाट समर्थकले खासै ठूलो अपेक्षा गरेका छैनन् ।
च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्नलाई पन्छाउछ भनेर सायदै कसैले सोचेको थियो । यस प्रतियागितामा बार्सिलोनाको पछिल्लो लय कमजोर छ । गएका चार खेलमा बार्सिलोनाले १० गोल खाएको छ भने एक गोल मात्रै फर्काएको छ । ला लिगामा पनि बार्सिलोनाको प्रदर्शन तारिफयोग्य छैन । न त उसको टिम नै रियल र एट्लेटिकोको जस्तो बलियो देखिएको छ ।
सेभिया जस्ता क्लबले आफ्नो टिमलाई प्रतिस्पर्धात्मक बनाउने प्रयत्न गरिरहँदा बार्सिलोनाले भने मुख्य खेलाडीहरूलाई स्थान्तरणका लागि स्विकृति दियो । टिममा भएका पेड्री, जोर्डी अल्बा, आन्सु फाती, सर्जियो अग्वेरो, औसमाने डेम्बेले जस्ता खेलाडी चोटका कारण उपलब्ध नहुँदा बार्सिलोना थप समस्यामा परेको छ ।
फेरि रोनाल्ड कुमनले पनि उपयुक्त खेल रणनीति बनाउन सकिरहेका छैनन् । उनले बायर्नविरुद्ध ३–५–२ को संरचना प्रयोग गरेका थिए । त्यसरी खेल्दा बार्सिलोनाका दुई स्ट्राइकर मेम्पिस डिपे र लुक डे योङ तथा मिडफिल्डबीच कुनै तालमेल देखिएन । मिडफिल्ड र रक्षापंक्तिबीच पनि संयोजनको अभाव थियो । खेलाडीका रूपमा बार्सिलोनामा प्रसिद्धी कमाएको कुमन प्रशिक्षकमा रूपमा भने असफलताको बाटोतर्फ उन्मुख छन् । यस्तो लाग्छ, उनलाई प्रतिभावान प्रशिक्षक भएकाले भन्दा पनि पूर्वखेलाडी भएकैले बार्सिलोनामा लगिएको हो ।
बार्सिलेनाका स्थानीय सञ्चार माध्यमका अनुसार कुमनलाई ४–३–३ को संरचनामा टिमलाई खेलाउन भनिएको छ । लिगमा एथ्लेटिको बिल्बाओ र गेटाफेविरुद्ध कुमनले यही रणनीति प्रयोग गरे । यद्यपि यस्तो रणनीतिमा बार्सिलोना खरो उत्रन सकेको छैन । क्लब अध्यक्ष जोआन लार्पोटाबाट खेल रणनीतिबारे निर्देशनात्मक सुझाव आउन थालेपछि कुमन आक्रोशित बनेको बताइएको छ । तर दुवैले आफूहरूको सम्बन्ध समुधुर रहेको बताउँदै आएका छन् ।
लार्पोटा चाहान्छन्, बार्सिलोनाले सन् २००९ को जस्तै खेलोस् । त्यसबखत पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको बार्सिलोना अत्यन्तै बलियो थियो । तर कुमनको योजना र रणनीति फरक छ । यहीकारण लोर्पोटा र कुमनबीच द्वन्द्व छ । र, यसले बार्सिलोनाको प्रदर्शनमा असर पार्ने निश्चित छ । उसै पनि बार्सिलोनाका खेलाडीहरूले अपेक्षा अनुसारको खेल देखाउन सकेका छैनन् । उनीहरूले समर्थकको विरोध सहनु परिरहेको छ । बायर्नसँगको खेल दौरान पनि सर्जि रोबर्टोविरुद्ध बार्सिलोना समर्थकले नारा लगाए ।
यस साता बार्सिलोनाले तीन खेल खेल्दैछ । ग्रानाडा, काडिथ र लेभान्टे अबको साता कुमनको टिमले सामना गर्ने विपक्षी हुन् । यी खेलले एउटा महत्वपूर्ण कुराको निर्धारण गर्नेछन् । त्यो हो, कुमनको बार्सिलोनासँगको भविष्य । अनि बाँकी सिजन बार्सिलोनाले देखाउन सक्ने लयको संकेत पनि ।
बार्सिलोना सहरमा के गाइगुइ चलिरहेको छ भने, अबका तीन खेलमा राम्रो नतिजा नआए लार्पोटाले निर्णय लिनेछन् । निर्णय, अरु केही नभएर कुमनको बर्खास्ती नै हो । बर्खास्तीको निर्णयले सायदै कसैलाई अचम्मममा पार्नेछ । किनभने गएको सिजनको अन्त्यमै कुमनले बार्सिलोना छाड्ने अनुमान गरिएको थियो ।
बार्सिलोनाले यसपाली फरक किसिमको प्रदर्शन गरेको छैन । गत सिजन पनि बार्सिलोनाको खेल यसपालीकै जस्तो थियो, एकदमै निरश । अहिले त झन् टिमका मुख्य खेलाडी लियोनल मेस्सी पनि छैनन् । यसो भनिरहँदा कुमन बर्खास्तीपछिको स्थिती बार्सिलोनाका लागि सहज हुनेवाला छैन । किनभने बर्खास्ती गरेवापत कुमनलाई ठूलो रकम क्षतिपूर्ती स्वरुप तिर्नुपर्नेछ । त्यसपछि उनलाई प्रतिस्थापन गर्ने प्रशिक्षकको खोजी गर्नुपर्नेछ । यी दुवै काम सजिलोसाथ सम्पन्न हुने छैनन् ।
सिजन सुरु भइसकेपछिको अवस्थामा नयाँ प्रशिक्षकको खोजी आफैँमा चुनौतीपूर्ण कार्य हो । फेरि नयाँ प्रशिक्षकले बार्सिलोनामा रहेका समस्या जादूयी तरिकाले समाधान गर्न सक्छन् भन्ने पनि होइन । तर लार्पोटाले केही कदम नचाल्ने हो भने बार्सिलोनाको यो सिजन खेर जाने सम्भावना भने प्रबल छ ।
गोल डटकमको सहयोगमा

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

लिभरपुलको विजय यात्राको भिडमा कार कुदाइयो, ४७ जना समर्थक घाइते

अब पाँच चौकाले बनाउनेछ कोहलीलाई १२०० चौका हान्ने पहिलो एसियन क्रिकेटर

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

प्रतिक्रिया