छिट्टै बागमती र प्रदेश १ मा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्छ : माधव नेपाल

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् । सोमबार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्ने बताए ।
उनले प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरूलाई धन्यवाद समेत व्यक्त गरे । आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन उनले आग्रह गरे । ‘एक र बागमती प्रदेशमा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईहरू स्वागत गर्नका लागि तयार रहनुस्,’ उनले भने ।
अध्यक्ष नेपालले एमालेबाट आफूहरू चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसद्मा नारा लगाउनुपर्यो भन्ने प्रश्न समेत गरे। 'पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसद्मा कराउनु परेको ?,' उनले भने, ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरू गए, हाइसञ्चो भयो । यो साच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्यो ? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिदै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा ?’
उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरू अरुको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसदमा उफ्रिएको टिप्पणी समेत गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया