कंगनाले उल्टै हालिन् जावेद अख्तरमाथि मुद्दा

मुम्बई - कंगना रनावत र जावेद अख्तरबीचको खटपट सकिनुको साटो झन् तन्कँदै गएको छ । केही दिन अघि मुम्बईको उच्च अदालतले जावेद अख्तरको मुद्दा खारेज गर्न कंगनाले दिएको उजुरी नमान्ने फैसला गरेको थियो ।
योसँगै अदालतमा उपस्थित हुन आनाकानी गरिरहेकी कंगनालाई अदालतमा हाजिर हुन पनि निर्देशन दिएको थियो । अदालतको आदेश पछ्याउँदै सोमबार अदालत पुगेकी कंगनाले जावेद अख्तरको मुद्दामा सफाइ दिनुको साटो उल्टै उनीमाथि नै मुद्दा दायर गरेकी छिन् । भारतीय मिडियामा आएका समाचारअनुसार कंगनाले अख्तरमाथि अपराधिक क्रियाकलाप गरेको र फिरौती मागेको जस्ता आरोप लगाएकी छिन् ।
कंगनाले मुद्दा अर्को न्यायिक अधिकारीकोमा सार्न पनि निवेदन दिएकी छिन् । उनले अंधेरीका न्यायिक अधिकारीप्रति आफ्नो भरोसा नभएको भन्दै मुद्दा अर्को ठाउँ सार्न आग्रह गरेकी हुन् ।
कवि(गीतकार जावेद अख्तरले गत वर्ष कंगनाले एउटा टेलिभिजन अन्तर्वार्तामा विनासन्दर्भ आफूमाथि गलत आरोप लगाएको र त्यसले आफ्नो प्रतिष्ठामा आँच पुर्याएको भन्दै मुम्बईको अन्धेरीमा मुद्दा दर्ता गराएका थिए ।
एउटा टेलिभिजन अन्तर्वार्तामा कंगनाले अख्तरलाई बलिउडको खास ‘कोटरी’को संरक्षण गर्ने गरेको र उनले ऋतिक रोसनसँगको विवादको समयमा उनकाविरुद्ध नबोल्न धम्की दिएको आदि आरोप लगाएकी थिइन् । अख्तरले कंगनाले लगाएको आरोपमा कुनै सत्यता नरहेको र उनको अन्तर्वार्ताले आफ्नो छवि खराब भएको भन्दै क्षतिपूर्तिको मागसहित मुद्दा हालेका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया