मदन भण्डारीको जीवन सार्वजनिक

काठमाडौँ- लेखक रमेश रुछेन राईद्वारा लिखित श्वेतशार्दुलः मदन भण्डारीको जीवन असोज ५ गते एक समारोहबीच पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेका छन् । सांग्रिला बुक्सद्वारा प्रकाशित यस पुस्तक नेपाली राजनीतिका प्रखर तथा गतिशिल पात्र मदन भण्डारीको जीवनमार्फत वाम राजनीतिको विगत हेर्ने एउटा प्रयास हो ।
राजनीति र विकासका स्वतन्त्र अध्येता राई मोफलसलमा बसेर नेपाली राजनीति र विकासमा विगतको खोजी र वर्तमान निर्माणसम्बन्धी अध्ययनमा संलग्न छन् ।
पुस्तकमा टिप्पणी गर्दै नेकपा (एमाले)की नेता विन्दा पाण्डेले मदन भण्डारीको जीवनी आजका पुस्ताले पढ्नै पर्ने सामग्री भएको र त्यसका लागि यो पुस्तक धेरै सहयोगी हुने बताइन् । पुस्तकका विभिन्न खण्डमा भएका प्रसंगहरूलाई उल्लेख गर्दै नेता पाण्डेले मदन भण्डारी प्रशंसाभन्दा स्वच्छ आलोचनालाई प्रोत्साहन गर्ने व्यक्ति भएको बताइन् । पुस्तक मदनका अनुयायी मात्रै होइन, आलोचकका लागि पनि निकै पठनिय रहेकोमा उनले जोड दिइन् ।
अर्का टिप्पणीकार पूर्वसभामुख दमननाथ ढुंगानाले नेपाली कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान बुझ्न युवा पुस्ताले यो पुस्तक पढ्नै पर्ने बताए । उनले व्यवहारिक राजनीति मदन भण्डारीको विशेषता भएको बताउँदै आजको वामपन्थी आन्दोलनलाई थुप्रै मदनहरूको आवश्यकता रहेको बताए । लेखकले निकै मिहिनेतका साथ पुस्तक लेखनको काम गरेको बताउँदै उनले मदनको नाम लिइरहँदा मदन कसरी मदन भए भनेर बुझ्न यो पुस्तकले सघाउने धारणा व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तकका लागि लेखकले गरेको मिहिनेत प्रशंसनिय रहेको बताए । लेखकले उल्लेख गरेका सन्दर्भ सामग्री, पुगेका ठाउँहरू, भेटेका मान्छेहरूले पुस्तकलाई तथ्यसँग नजिक्याएको उनको भनाइ थियो । मदन भण्डारीबारेमा अध्ययन, अनुसन्धान र खोज गरेर पुस्तक लेखेर लेखक राईले वामपन्थी आन्दोलनलाई गुन लगाएको उनको धारणा थियो । युवा पुस्ताका लागि यो पुस्तक बिशेष पठनिय रहेको उनको भनाइ थियो ।
राईले पुस्तक सार्वजनिक समारोहमा बोल्दै मदन भण्डारीका बारेमा लेखिन बाँकी धेरै भएकाले यो पुस्तक नै सबैथोक हो भन्ने भ्रममा आफू पनि नरहेको र अरुलाई पनि नरहन सचेत गराए । पुस्तकका लागि सहयोग गर्नै सबैमा आभार व्यक्त गर्दै राईले आलोचनात्मक टिप्पणी आश गरेको बताए ।

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

प्रतिक्रिया