मकवानपुरगढीमा कृषक प्रोत्साहन अनुदान कार्यक्रम

हेटौंडा - मकवानपुरगढी गाउँपालिकाले कृषि विकास कार्यक्रम अन्तर्गत तरकारी तथा फलफूल बजारीकरण गर्न ‘ कृषक प्रोत्साहन अनुदान कार्यक्रम’ सुरुआत गरेको छ । गाउँपालिकाले गाँफपालिकास्थित सहकारीमार्फत बजारीकरणको सुरु गरेको हो । गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले किसानबाट सङ्कलित गोलभेँडा खरिद गरी सो कार्यको शुभारम्भ गरे । अनुदानले स्थानीय किसानको कुषि उपज बजारिकरणमा सहजता हुने उनको भनाइ छ ।
मकवानपुरगढी कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले सहकारीमार्फत खाद्यन्न खरिद बिक्री गत आवबाट सुरुआत गरिएकामा चालू आवमा तरकारी तथा फलफूलमासमेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम सुरु गरिएकोे जानकारी दिए । यस कार्यक्रमले स्थानीय किसानलाई खेती गर्न हौसला मिलेको उनको भनाइ छ ।
गाउँपालिकामा यसवर्ष अनाज, तरकारी तथा फलफूल बजारीकरणका लागि सात सहकारी संस्था सूचीकृत भएकोमा कुर्ले कृषि सहकारी संस्थाले आजबाट नै सङ्कलन र बजारीकरणको काम थालिसकेका छन् । धमिले सहकारी संस्था लिमिटेकका अध्यक्ष नवराज सञ्जेलले गाउँपालिकाको यस कार्यक्रमले विपन्न किसानले जीवनस्तर माथि उठेको बताए ।
यस कार्यक्रममले सहकारी र किसान दुबैतर्फ कार्य प्रोत्साहन गरेको अध्यक्ष सञ्जेलको भनाइ छ । गाउँपालिकाले किसान क्रेडिटकार्ड लगायतका विभिन्न नमूना काम ल्याएको छ ।
कृषक कृष्णप्रसाद तिमल्सिनाले गाउँपालिकाले दिएको सहुलिएत ऋणबाट भैँसी खरिद गरेको जानकारी दिए । अर्का कृषक राजु ढकालले पनि उन्नत जातका गाईपालनका साथै तरकारीखेती गरिरहेका छन् ।
दूध र तरकारी बेचेर उनको परिवारको गुजारा मात्र चल्दैन केही बचत पनि हुने गरेको उनको भनाइ छ । यसैगरी किसान सूर्यमाया रुम्बाले पनि गाउँपालिकाको कार्यक्रमबाट किसान क्रेडिटकार्ड पाएर पशुपालनलाई मुख्य पेशा बनाउँदै आएका छन् । रासस

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

प्रतिक्रिया