महिला विश्वकप छनौटका लागि इटहरीमा प्रशिक्षण
विराटनगर - आइसिसी महिला टी–ट्वान्टी विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनौट खेल्न तयार पारिएको प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले भोली बिहीबारदेखि सुनसरीको इटहरीमा प्रशिक्षण सुरु गर्ने भएको छ । प्रशिक्षक जगत टमटाले इटहरीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रशिक्षण एकसातासम्म चल्ने जानकारी दिए ।
इटहरीस्थित क्षेत्रीय रंगशालाको इन्डोर हल र मैदानमा प्रारम्भिक छनौटमा परेका नेपाली महिला क्रिकेट खेलाडीहरुलाई सानो–सानो समुह बनाएर प्रशिक्षण गरिने जनाइएको छ । इटहरीको प्रशिक्षण सकिएपछि फाइनल चरणको प्रशिक्षण भने काठमाण्डौंमा हुने प्रशिक्षक टमटाले बताए । नेपाल क्रिकेट संघ क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीका लागि प्रशिक्षण क्याम्प राख्ने योजना तयार पारेको थियो । सोही अनुसार गत भदौ २७ देखि असोज २ गतेसम्म कञ्चनपुरको महेन्द्रनगरमा खेलाडीलाई प्रशिक्षण गरिएको थियो ।
प्रशिक्षण कार्यक्रमका संयोजक विप्लव घोषका अनुसार इटहरीको प्रशिक्षणमा प्रदेश २ का ३ खेलाडीसहित प्रदेश १ को झापा, मोरङ, र इलामका गरी कुल ११ जना महिला क्रिकेट खेलाडीले सहभागीता जनाउने छन् ।
क्यानले एक महिनाअघि नै एशिया क्षेत्रको छनौट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको छ । गत वर्ष सम्पन्न प्रधानमन्त्री कप र मेयर्स कप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनलाई आधार मानेर क्यानको छनोट समितिले २४ सदस्यीय प्रारम्भिक टोलीको नाम सार्वजनिक सार्वजनिक गरेको थियो ।
अन्तिम छनौटपछि तयार हुने टोलीले मलेसियामा २३ नोभेम्बरबाट हुने महिला टी–२० विश्वकपको एशिया छनौट खेल खेल्ने छ । एशिया छनौट खेलमा नेपालसहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङकङले सहभागीता जनाउने छन् ।
उक्त छनौट खेलका विजेताले अर्को पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट छानिएका शीर्ष दुई टोलीले टि–२० महिला विश्वकपमा स्थान सुरक्षित गर्ने जनाइएको छ ।
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

वर्षाले खेल प्रभावित भएपछि नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा
एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

आइपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कोलकाता ८ विकेटले विजयी

प्रतिक्रिया