नेपालसँग मिलेर काम गर्न चाहन्छौँ : पाकिस्तानी प्रधानमन्त्री

काठमाडौँ- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालसँगको सम्बन्धलाई थप अघि बढाउँदै मजबुद सहकार्य गर्ने जनाएका छन् । उनले पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई शिष्टाचार भेट दिँदै यस्तो धारणा व्यक्त गरेका हुन् । यस क्षेत्रको शान्ति र विकासमा सहकार्य गर्न आवश्यक रहेको पनि उनले बताए ।
पाकिस्तानले अफगानिस्तानको विषयमा नेपालसँग स्पष्ट धारणा माग्दै न्यूयोर्कमा हुने सार्क विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी नहुने बताएको भोलिपल्ट अधिकारीलाई प्रधानमन्त्री खानले भेटेका हुन् । यद्यपि राजदूत अधिकारीले पहिलेदेखि नै उनलाई भेट्न खोज्दै थिए ।
सार्क अध्यक्ष नेपालले आयोजना गर्ने सार्क विदेश मन्त्रीस्तरीय बैठकमा अफगानिस्तानको पूर्ववर्ती सरकारको दूत सहभागी नहुने ग्यारेन्टी नेपालले गर्नुपर्ने असजिलो माग पाकिस्तानले राखेको थियो । त्यसमा नेपालले आफू स्पष्ट हुन नसकेको बताएपछि बैठक नै रोकिएको हो ।
बैठक रोकिएको सार्वजनिक भएकै दिन नेपालका राजूतलाई प्रधानमन्त्री खानले भेटेका हुन् । यद्यपि बैठकमा त्यस विषयमा भने छलफल नभएको र यो बैठकमा दुईपक्षीय हितका विषयमा छलफल भएको राजदूत अधिकारीले बताए । राजदूत अधिकारीका अनुसार प्रधानमन्त्री खानले दुई पक्षीय सम्बन्धलाई थप प्रवर्द्धन गर्न मिलेर काम गर्ने जानकारी उनले दिए ।
सार्क विदेश मन्त्री स्तरीय बैठक रोकिएको जानकारी आफूले पत्रिका पढेर थाहा पाएको समेत उनले बताए । पाकिस्तालने दुईपक्षीय सम्वन्धलाई अझ सुदृढ गर्न चाहेको जानकारी दिएको छ । दुई पक्षीय सम्बन्धलाई थप प्रवर्द्धन गर्न पाकिस्तानले नेपालसँग सधैं मिलेर काम गर्न चाहेको पनि खानले राजदूतलाई बताए । उक्त अवसरमा खानले नेपाल समकक्षी शेरबहादुर देउवा र नेपाली जनतालाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए ।
इस्लामावादस्थित नेपाली राजदूतावासका अनुसार भेटमा अन्य दुई पक्षीय विषयमा पनि कुराकानी भएको थियो । राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध जहिले पनि सौहार्दपूर्ण रहेको उल्लेख गर्दै नेपालले पनि सधै दुई पक्षीय सम्बन्धलाई थप सुदृद्ध र परिस्कृत गर्दै अघि बढाउन चाहेको जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया