शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

परराष्‍ट्र मन्‍त्री खड्‍कालाई भारत र चीनको बधाइ

फाइल तस्बिरः मन्त्रालयमा पदभार ग्रहण गर्दै परराष्ट्र मन्त्री डा. नारायण खड्का ।

काठमाडौँ - नेपालका नवनियुक्‍त परराष्‍ट्र मन्‍त्री डा. नारायण खड्‍कालाई भारत र चीनले बधाइ दिएका छन् । भारतीय विदेशमन्‍त्री एस जयशंकरले नेपालका परराष्‍ट्र मन्‍त्री खड्‍कालाई बधाइ दिएका हुन् । उनले नेपालसँग सहकार्य गर्न तत्पर रहेको उल्‍लेख गरेका छन् । 

Congratulations to Hon’ble Dr. Narayan Khadka on his appointment as Nepal's Foreign Minister.

Look forward to working with him.

यस्‍तै नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीले पनि नवनियुक्‍त परराष्‍ट्र मन्‍त्री डा.  खड्‍कालाई बधाइ दिएकी छन् । उनले पनि चीन र नेपाल बीचको सम्बन्ध र सहयोग प्रवर्द्धनमा नजिकबाट काम गर्न तत्पर रहेको उल्‍लेख गरेकी छन् ।