‘माग्ने बुढा’को लेखन रहेको ‘उकुसमुकुस’को प्रसारण सुरु

काठमाडौँ- डिजिटल प्लेटफर्ममा लघु चलचित्र, हास्य सिरियल, सर्ट फिल्म लगायतकोे निर्माण ह्वात्तै बढेको छ । युट्युबमा दर्शकको आकर्षण बढेपछि कमेडी सिरियलको निर्माणमा पनि मेकरको ध्यान गएको छ ।
यसैबीच, हास्य सिरियल ‘उकुसमुकुस’को प्रसारण सुरु भएको छ । यो सिरियलको पहिलो भाग बुधबार आमा अग्निकुमार मिडिया नामक युट्युब च्यानलबाट प्रसारण भएकोे छ । अब, हरेक साताको बुधबार बेलुकी यो सिरियलको प्रसारण हुने निर्माता नहकुल भट्टराइले जानकारी दिए । यो युट्युबमा स्वामित्व केदार घिमिरेको रहेको छ ।
दीलिप तामाङ्ग ‘हुरहुर’को निर्देशनमा तयार भएको यो सिरियललाई गोेल्ड फिल्मस्ले प्रस्तुत गरेको हो । केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’को संवाद रहेको सिरियलमा दिलिपको नै कथा छ ।
सिरियलको श्रृङ्खला निर्देशक सीतादेवी तिमल्सेना हुन् । राहुल राईले छायांकन गरेको सिरियलको पहिलो भागमा टिकटक एपको क्रेजसँगै यसको राम्रा र नराम्रा दुबै पाटोलाई देखाउन खोजिएको छ ।
सिरियलमा जयनन्द लामा, भुइसाल लामा, दीलिप तामाङ, देवी आले, धनराम मुस्कान, प्रकाश लिम्बू, बेदना राई, नहकुल भट्टराई, दीपक लम्साल, टुल्कु तामाङको साथमा बाल–कलाकार सोहन थापाको अभिनय छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया