अब युट्युबको डाउनलोड फिचर डेस्कटपमा पनि

काठमाडौँ- युट्युबले डेस्कटपमा समेत डाउनलोड फिचर सुरु गरेको छ । मोबाइलमा मात्र रहेको यो फिचर अब भने डेस्कटप प्रयोगकर्ताले समेत चलाउन पाउनेछन् । हाल परिक्षणमा रहेको फिचर केही समयमा सबै प्रयोगकर्तालाई उपलब्ध गराउने युट्युब जारी गरको सूचनामा जनाएको छ ।
यस अघि डेस्कटपको भिडियो डाउनलोड गर्दा विभिन्न साइट तथा टुलको प्रयोग गर्नुपर्ने अवस्था थियो । युट्युबको भिडियो डाउनलोड गरिसकेपछि इन्टरनेट नभएका स्थानमा समेत सजिलै भिडियो हेर्न सकिन्छ । मोबाइल प्रयोगकर्ताले भने अफलाइन डाउनलोड धेरै अगाडि सुरु भएको थियो । डेस्कटपको सुविधा सबै प्रयोगकर्ताका लागि कहिले उपलब्ध गराउने भन्नेबारेमा युट्युबले केही जानकारी दिएको छैन् । हाल विशेषगरि यो सुविधा युट्युबका प्रिमियम प्रयोगकर्ताका अकाउन्टमा उपलब्ध गराएको एन्ड्रोइड पुलिसले जनाएको छ ।

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकाल…

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

सुन प्रतितोला १ लाख ९१ हजार

आजदेखि ट्रेड टावरको आइपीओ निष्कासन

स्वाभिमान लघुवित्त वित्तीयको वैशाख १९ गते वार्षिक साधारण सभा

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

प्रतिक्रिया