शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

काठमाडौँ - संघीय संसद्‌को राष्ट्रिय सभाले विनियोजन विधेयक, २०७८ पारित गरेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको विरोधकाबीच राष्‍ट्रिय सभाले विनियोजन विधेयक पारित गरेको हो । सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बहुमतको निर्णयले विधेयक पास भएको घोषणा गरे । 

बैठक सुरु हुनासाथ एमालेका सांसदले उठेर विरोध जनाएका थिए । राष्‍ट्रिय सभाको अर्को बैठक शुक्रबार ११ पुन: बस्‍नेगरी स्‍थगित भएको छ ।