बिहीबार थपिए १२३९ कोभिड संक्रमित
सक्रिय संक्रमितकाे संख्या २० हजार नाघ्याे

काठमाडौँ- बिहीबार देशभर १२३९ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २४३ जनाको कोभिड परीक्षण गरिएको थियो । ११ हजार ६२९ जनाको आरटी पीसीआर परीक्षण गर्दा ९४१ मा र ३६१४ एन्टीजेन्ट विधिबाट परीक्षण गर्दा २४१ जनामा कोभिड देखिएको छ ।
२४ घण्टामा देशभरबाट १३२४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ५६ हजार ९५४ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी १३ जनाको मृत्यु र हालसम्म देशभरबाट ११ हजार ७२ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित २० हजार ७४३ जना छन् ।
आईसीयूमा ३४० र भेन्टीलेटरमा १११ जना उपचाररत छन् । होम आइसोलेशनमा १९ हजार ४३७, संस्थागत आइसोलेशनमा १३०६ जना र क्वारेन्टाइनमा २४६ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया