परराष्ट्रमन्त्री खड्कालाई अमेरिका र जापानको बधाई

काठमाडौँ– नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई अमेरिका र जापानले बधाई दिएका छन् । अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीले परराष्ट्रमन्त्री खड्कालाई बधाई दिदैं जलवायु परिवर्तन, कोभिड–१९ र विश्वमा लोकतन्त्रको जगेर्ना लगायत आपसी हितका क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरेका छन् ।
त्यस्तै, जापानका लागि नेपाली राजदूत किकुता युताकाले परराष्ट्रमन्त्री खड्कालाई बधाई दिदैं सफल कार्यकालका शुभकामना दिएका छन् । नेपालस्थित जापानी दूतावासले जारी गरेको विज्ञप्तिमा आगामी वर्ष नेपालका आठ विद्यार्थीहरू जापान भ्रमण १२० वर्ष पुग्न लागेको उल्लेख गर्दै नेपाल र जापानबीच सदियौं पुरानो मैत्रीपूर्ण सम्बन्धलाई दर्शाइएको छ । जापानले कोभ्यासक्स अन्तर्गत कोभिड–१९ महामारीसँग लड्न हालै १६ लाख मात्रा अष्ट्राजेनेका खोप उपलब्ध गराएको थियो ।
राजदूत किकुताले नेपाल र जापानबीच जनस्तरको सम्बन्धलाई कदर गर्दै १७ सेप्टेम्बरदेखि नेपालीलाई जापानमा पुनः प्रवेशको व्यवस्था मिलाएको उल्लेख गरेका छन् । उनले परराष्ट्रमन्त्री खड्काको कार्यकालमा नेपाल र जापानबीचको द्विपक्षीय र मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेगरी दुई देशबीच जनस्तरको सम्बन्ध प्रगाढ बनाउन सहकार्य गर्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया