‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ गर्ने इङ्नामलाई मदन पुरस्कार

काठमाडौँ - यस वर्षको मदन पुरस्कार लेखक तथा इतिहासकार भगिराज इङ्नामले पाउने भएका छन् । ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२०’ पुस्तक लेखेका इङ्नामलाई वर्ष २०७७ को मदन पुरस्कार दिइने भएको हो ।
मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले इङ्नामलाई ‘मदन पुरस्कार’ दिने घोषणा गरेको हो । यस्तै यस वर्षको जगदम्बा–श्री पुरस्कार नृत्यशास्त्री भैरव बहादुर थापालाई दिइने भएको छ ।
यस वर्ष मदन पुरस्कार–२०७७ का लागि ९ वटा पुस्तकहरू छनोट भएका थिए । मदन पुरस्कार गुठीले पुरस्कारका लागि गिरी श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प(ग्रन्थ’, भैरव बहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२०’ छनौट गरेको थियो ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया