शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

महिनावारीमा कर कहिलेसम्म ?

रातो कर, माफ गर !

काठमाडौँ - महिलाले महिनावारीमा प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्यमा कर लगाउने सरकारको निर्णयविरुद्ध काठमाडौंँमा प्रदर्शन भएको छ । युथ कांग्रेसका युवाहरुले बिहीबार काठमाडौँमा प्रदर्शन गरेका हुन् ।

माइतीघरमा उनीहरुले रातो कर, माफ गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । स्यानिटरी प्याडमा लगाइएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट खारेजी गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । 

सरकारले प्याडमा लगाएको करको सामाजिक सञ्जालमा पनि चर्को विरोध हुँदै आएको छ । सोही क्रममा युवाहरुले माइतीघरमै प्रदर्शन गरेका हुन् ।