यी हुन् नेपालका पाँच डिजिटल भुक्तानी सेवा प्रदान गर्ने एप

काठमाडौँ- डिजिटल भुक्तानी सेवा नेपालमा भर्खरै फस्टाउदै छ । लाइसेन्स लिने २८ डिजिटल भुक्तानी भए पनि बजारमा चर्चा भने केहीको मात्रै हुने गरेको छ । पछिल्लो समय नेपाल टेलिकमले भव्य कार्यक्रम गरेर 'नमस्ते-पे' को मोबाइल एप सार्वजनिक गर्यो । सार्वजनिक भएको हप्ता दिनसम्म पनि यसको एप्लिकेसन प्ले स्टोरमा हत्तपत्त भेटिँदैन । 'नमस्ते पे' भेटिएता पनि कतिपय प्रयोगकर्ताको मोबाइलमा एप राम्रोसँग चल्न सकेको छैन् ।
नेपालमा डिजिटल कारोबार सुरुवात गर्ने पहिलो कम्पनी हेर्दा इसेवा रहेको देखिन्छ । इसेवा सन् २००९ मा स्थापना भएको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो । इसेवा सुरुवात गरेको डिजिटल भुक्तानी प्रणालीलाई पछ्याउने कम्पनीहरू संख्या हाल २८ पुगिसकेको छ । आउँदो दिनमा यो संख्या तलमाथि होला । आज यहाँ तपाईंलाईं नेपालमा पाँच डिजिटल भुक्तानी प्रदायकबारे जानकारी दिइन्छ ।
इसेवा
'इसेवा' नेपालको पहिलो तथा एक प्रमुख डिजिटल भुक्तानी सेवा प्रदान गर्ने प्रदायक हो । नेपालमा सर्वप्रथम डिजिटल भुक्तानी सेवा सञ्चालनको सुरुवात गर्ने श्रेय 'इसेवा'लाई जान्छ । 'इसेवा'ले बैंक ट्रान्सफरदेखि विभिन्न स्कुल तथा कलेज शुल्क तिर्न सहज भूमिका खेल्ने काम गर्छ । यसमा 'रिवार्ड' पोइन्टबाट उपहारहरू समेत जित्न सकिन्छ । यसले रेमिट सेवादेखि कन्सुलर सेवासम्मको भुक्तानी गर्न मिल्न सेवा दिएको छ । फिल्म तथा इभेन्टको टिकटसमेत इसेवामार्फत खरिद गर्न सकिन्छ ।
खल्ती
नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक अर्को नाम हो 'खल्ती' । खल्तीले नेपालको जनकी सफ्टवेयरले सन् २०१७ मा सुरुवात गरेको खल्ती छोटो समयमा नै नेपाली डिजिटल भुक्तानीको क्षेत्रमा नाम कमाउन सफल कम्पनी हो । यसले पनि नेपालका सरकारी तथा निजी क्षेत्रमा डिजिटल भुक्तानी गर्ने गर्छ । यसमा दैनिक रुपमा हुने 'क्वीज'ले पनि प्रयोगकर्ताहरूको मन जित्न सफल भएको छ । आफ्नो एपमा प्रयोगकर्ताहरू बाँधी राख्न अनेक उपहार योजना ल्याउने गरेको छ । खल्ती पोइन्टसले समेत प्रयोगकर्ताहरूलाई खल्तीप्रति चासो देखाउन मद्दत गरेको देखिन्छ । खल्तीले समय समयमा नेपालमा हुने इभेन्टको टिकट बिक्री गर्ने गर्छ ।
आइएमई पे
'आइएमई पे' नेपालमा सन् २०१७ मा आइएमई रेमिट ग्रुपद्वारा सन्चालित डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो । आइमई पे रेमिट्यान्स पठाउन तथा पाउन अत्यन्त उपयोगी डिजिटल भुक्तानी सेवा प्रदायक हो । नेपाल तथा बिदेशी मुलुकबाट पठाएको पैसा आइएमई पे को डिजिटल वालेटमा आउने हुँदा यस प्रदायकप्रति मानिसहरूको चासो बढेको देखिन्छ । यसमा एजेन्ट र साधारण प्रयोगकर्ता भनेर दुई एप रहेको छ । यसको एजेन्ट बनेर अरुलाई भुक्तानी गर्न सकिन्छ । एजेन्टलाई निश्चित क्यासब्याकको सुविधा समेत रहेको छ । नेपाली टेलिभिजनमा हुने रियालिटी सो मा यसले भोटिङको व्यवस्था गर्छ ।
प्रभु पे
प्रभु ग्रुपद्वारा सन्चालित 'प्रभु पे' सन् २०१८ देखि सञ्चालनमा आएको डिजिटल भुक्तानी सेवा प्रदायक हो । 'प्रभु पे' मा अरु भुक्तानी सेवा प्रदायक जस्तै खानेपानीको विल, नेपाल विद्धुत प्राधिकरणको विल तथा लगायतका विल तिर्न सकिने व्यवस्था रहेको छ । बैंक तथा फाइनान्समा समेत 'प्रभु पे' मार्फत रकम पठाउन सकिन्छ । 'प्रभु पे' ले समेत बेला बेला विभिन्न योजना ल्याएर प्रयोगकर्ताहरू आकर्षित गर्ने गरेको छ ।
क्यु पे
सन् २०१८ मा सञ्चालनमा आएको 'क्यु पे' ले आक्रमक बजार व्यवस्थापन गरेर छोटो समयमै नेपालको डिजिटल भुक्तानी सेवा प्रदायकका रुपमा चिनिएको कम्पनी हो । 'क्यु पे' मार्फत नेपालका विभिन्न क्षेत्रका भुक्तानी गर्न सकिने छ । होटेल, रेष्ट्रुरेन्ट, कलेज तथा अन्य क्षेत्रका विल सजिलै यस एपमार्फत तिर्न सकिन्छ । 'क्यु पे' को प्रयोगकर्ता तथा व्यावसायीको लागि छुट्टा छुट्टै एपहरू रहेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया