हायात होटललाई झन्डै ८ करोड घाटा, आम्दानी खुम्चियो
काठमाडौं : तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले पहिलो त्रैमासिकमा ७ करोड ८९ लाख रुपैयाँ घाटा बेहोरेको छ । कम्पनीको कुल आम्दानी २१ करोड ८६ लाख रुपैयाँले घटेर ४९ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ४६ लाख रुपैयाँ नाफा गरेको थियो । उसको कुल आम्दानी २२ करोड ३४ लाख रुपैयाँ थियो ।
गत आर्थिक वर्षको नाफा समेत १८ करोड ७६ लाख रुपैयाँले घटेको छ । विश्वव्यापी महामारी कोभिड-१९ को प्रत्यक्ष प्रभाव होटल व्यवसायमा परेपछि २०७६/७७ मा तारागाउँको नाफा १६ करोड ५६ लाख रुपैयाँमा सिमित छ ।अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३५ करोड ३२ लाख रुपैयाँ थियो । तारागाउँको आम्दानी समेत ५६.९७ करोड रुपैयाँले घटेको छ । कोभिडका कारण विभिन्न चरणमा भएको लकडाउन र लामो समयसम्म अन्तर्राष्ट्रिय उडान बन्द भएपछि कम्पनीले आम्दानी गुमाउनु परेको हो ।
यस अवधिमा कोरोना भाइरसका कारण व्यवसायमा प्रत्यक्ष रूपमा प्रतिकुल असर परेको हुनाले आय आर्जनमा अत्यन्तै कमी आइ नोक्सानी परेको कम्पनीले बताएको छ ।
यसको असर कहिलेसम्म रहन्छ भनि अनुमान गर्न सक्ने अवस्था नरहेको भएतापनि घट्दो आम्दनी भएको अवस्थामा खर्चहरुमा मितव्ययीता अपनाई खर्चहरुमा कटौती तथा नियन्त्रण गरी नोक्सानी सकेसम्म घटाउने प्रयास जारी रहेको उसले बताएको छ ।
नाफा बिगतको सोहि अवधि भन्दा अपत्यारिलो तरिकाले घटेको हुनाले आगामी अवधिमा प्रभावकारी रणनिती बनाई मारमा अवस्थामा ल्याउनका लागि प्रयासरत रहेको कम्पनीको भनाइ छ । होटलको रेनोभेसन गर्ने क्रममा यस अवधिमा लबी लन्ज को काम सम्पन्न गरी क्याफेको रेनोभेसन गर्ने प्रक्रियामा रहेको उसले जानकारी दिएको छ । साथै खाली रहेको जग्गामा अन्तर्राष्ट्रिय स्तरको इभेन्ट हल र एक्जीबीसन सेन्टर निमार्ण गर्नको लागि पूर्व तयारी सम्पन्न गरि सकेको छ । तर केहि प्रविधिक कारणले गर्दा निमार्ण कार्य शुरु हुन नसकेको उसले जानकारी दिएको छ ।
कोरोनाको प्रभाव कम भई पर्यटन गतिविधि सुरु हुनासाथ यस होटललाई प्रथम स्थानमा राथि राख्नको लागि अत्याधुनिक प्रविधियुक्त सुविधाहरुको विस्तार गर्ने, आक्रामक बजार रणनिति बनाई श्रोत साधनको उच्चतम प्रयोग गरी स्थानिय स्तरमा प्रचार प्रसार गरी ग्राहकहरुलाई आकर्षण गर्न विभिन्न कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्ने उसको कार्यक्रम छ । सेयरधनीहरुलाई सकेसम्म चाँडो प्रतिफल वितरण गर्ने लक्ष्य रहेको उसले जानकारी दिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया