महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्यूयोर्कमा

काठमाडौँ- पराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्यूयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गरेका छन् ।
न्यूयोर्कबाट परराष्ट्र प्रवक्ता सेवा लम्सालले राससलाई भने अनुसार ‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड-१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसंघलाई पुनःजागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले असोज ११ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
न्यूयोर्कमा रहँदा उनले मन्त्रीस्तरीय बैठकहरूमा भाग लिनाका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग दुईपक्षीय बैठक तथा राष्ट्रसंघका उच्चाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको न्यूयोर्क स्थित नियोगले जानाएको छ । प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, प्रवक्ता लम्साल र एक अधिकृत काठमाडौँबाट हुन भने न्यूयोर्कबाट स्थायी प्रतिनिधि राई, कावा महावाणिज्यदूत गौतमसहितका अधिकारीहरू छन् ।

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

प्रतिक्रिया