शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

निजी तथा सार्वजनिक संस्थासँग मिलेर ५०० चार्जिङ स्टेशन बनाउँदै प्राधिकरण

काठमाडौँ- नेपाल विद्युत्‌ प्राधिकरणले देशभर पाँच सय चार्जिङ स्टेशन बनाउने तयारी गरेको छ । प्राधिकरणले निजी तथा सार्वजनिक संस्थाहरूलाई स्टेशन निर्माणमा सहकार्य गर्न आह्वान गरेको छ । 

मुलुकभरका राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा हल, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट तथा सार्वजनिक स्थलमा चार्जिङ स्टेशन बनाउने प्राधिकरणको उद्देश्य छ ।

गत वर्ष फागुन १६ मा प्राधिकरणले चिनियाँ कम्पनी जियाङसु वानब्याङ देहे न्यून इनर्जीलाई चार्जिङ स्टेशन निर्माण गर्न १५ करोड ९३ लाख रुपैयाँको ठेक्का दिएको थियो । एसियाली विकास बैंकको ३७ करोड ७९ लाख रुपैयाँ लगानीमा सातै प्रदेशमा चार्जिङ स्टेशन निर्माण गर्ने गरी त्यो सम्झौता भएको थियो ।