इन्टरनेसनल एम्मी अवार्डमा सुष्मिता सेन, वीर दास र नवाजुद्धिन सिद्धिकीलाई मनोनयन

मुम्बई - लामो समयपछि पर्दामा कमब्याक गरेकी सुष्मिता सेनले कमब्याक फिल्मबाटै अन्तर्राष्ट्रिय अवार्डको मनोनयन प्राप्त गरेकी छिन् । फिल्मबाट टाढिएर लामो समय चुपचाप बसेकी सुष्मिताले गत साल ओटिटीमा ‘आर्या’मार्फत डेब्यु गरेकी थिइन् ।
दर्शकबाट राम्रो प्रतिक्रिया पाएको यो सिरिजबाट सुष्मिता सेनले इन्टरनेसनल एम्मीको बिहीबार सार्वजनिक मनोनयनमा पनि ठाउँ बनाएकी छिन् । सुष्मिता अभिनीत यो सिरिजले उत्कृष्ट ड्रामा सिरिजमा मनोनयनमा ठाउँ बनाएको हो ।
बिहीबार सार्वजनिक मनोनयनमा सुष्मिताबाहेक थप दुई भारतीयले पनि ठाउँ बनाएका छन् । यसरी एम्मीमा ठाउँ बनाउनेमा नवाजुद्धिन सिद्धिकी र वीर दास रहेका छन् ।
नवाजुद्धिन सिद्धिकीले ‘सिरियस मेन’बाट उत्कृष्ट अभिनेतामा मनोनयन पाएका हुन् भने वीर दासले नेटफ्लिक्स सिरिज ‘वीर दास ः फर इन्डिया’का कमेडी सेक्सनमा मनोनयन पाएका हुन् । केही दिनअघि एम्मीले अमेरिका र बेलायतका सानो पर्दामा आएका फिल्म तथा सिरिजलाई पुरस्कृत गरेको थियो । एम्मीले लगत्तै इन्टरनेसनल विधामा मनोनयन सार्वजनिक गरेको हो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया