अमेरिकी, इजरायली कुटनीतिज्ञ बहराइन प्रस्थान

एजेन्सी : इजरायल र खाडी राष्ट्रबीच सहकार्य अघि बढ्ने विश्व आशावादी रहिरहेको अवस्थामा इजरायली र अमेरिकी कूटनीतिज्ञ बहराइन आईपुगेका छन । इजरायल र बहराइनको कुटनीतिक सम्बन्धका बारेमा छलफल गर्न इजरायली-अमेरिकी कुटनीतिज्ञहरुको एक टोली आइतबार बहराइन आएका हुन ।
गत महिना इजरायल र बहराइनबीच सम्बन्ध सामान्यीकरण गर्ने विषयमा सहमति भएको थियो । इजरायली-अमेरिकी कुटनीतिज्ञहरुको संयुक्त टोलीले बहराइनी अधिकारीहरुसँग विभिन्न विषयमा सम्झौता गर्ने अपेक्षा गरिएको छ ।
अमेरिकी अर्थमन्त्री स्टिभन मन्चिन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका राष्ट्रिय सुरक्षा सल्लाहकार मायर बेन-शाबातले आ-आफ्ना मुलुकका कुटनीतिज्ञहरुको नेतृत्व गर्दै छन् । उनीहरू इजरायलको तेल अभिभस्थित बेन गुरिओन विमानस्थलबाट बहराइन प्रस्थान गरेका हुन ।
इजरायलको व्यावसायिक विमान सेवा एल अलको फ्लाइट ९७३ ले साउदी अरेबियाको हवाई क्षेत्र हुँदै मनामा आइपुग्नेछ । नाम नबताउने शर्तमा एकजना इजरायली कुटनीतिज्ञले बहराइनसँग कुटनीतिक दौत्य सम्बन्ध स्थापनालाई यस भ्रमणले औपचारिकता दिने जानकारी दिए ।
गत महिना, सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी सम्झौता भएयता इजरायल र बहराइनका पदाधिकारीबीच सहयोगका विविध विषयमा छलफल गर्न मनामामा आयोजित समारोहका लागि पहिलो पटक व्यवसायिक उडान भएको थियो ।
इजरायल र बहराइनबीच कुटनीतिक सम्बन्ध स्थापना गर्ने विषयले प्यालिस्टिनी समुदायमा आक्रोश बढाएको छ । प्यालिस्टिनी नेताहरुले इजरायलसँग सम्बन्ध जोडेका बहराइन र संयुक्त अरब इमिरेट्सका नेताहरुले प्यालिस्टिनीलाई धोका दिएको आरोप लगाएका छन् ।
प्यालिस्टिनी स्वतन्त्र राष्ट्र घोषणा नहुँदासम्म इजरायलसँग दौत्य वा अन्य सम्बन्ध स्थापना नगर्ने यसअघिको अरब राष्ट्रहरुको पूर्व अडानबाट दुई मुलुक पछि हटेको प्यालिस्टिनीहरुको भनाई छ । सम्झौता अनुसार दुई मुलुकले इजरायलसँग सम्बन्ध सामान्यीकरण गरेसँगै एकअर्काका मुलुकमा राजदूतावास खोल्ने र राजदूतहरु नियुक्त गर्नेछन् । इजरायली अधिकारीहरुका अनुसार अर्को महिनासम्ममा बहराइनमा इजरायलले राजदूतावास खोल्नेछ । (रासस)
युक्रेनमा रुसी हवाई आक्रमण : पाँच जनाको मृत्यु, दर्जनौं घाइते

चीनले पठाउँदैछ इरानलाई पाउडर, बनाइँदैछ थप ८०० ब्लास्टिक मिसाइल

टर्कीका राष्ट्रपतिको अपिल- कम्तिमा तीन सन्तान जन्माउनुहोस्

मस्कले ट्रम्पसँग जोडिरहेका ‘यौनदुराचारी’ एपस्टेन को हुन् ?

गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सम्बन्ध

चीनले बनाइरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन् ९६०० हतियार

ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

प्रतिक्रिया