करिष्माले सकाइन् १२ को परीक्षा, ब्याचलर पढ्ने संकेत

काठमाडौं - अभिनेत्री करिष्मा मानन्धरले ५० को हाराहारीमा पुगेपछि ८ कक्षामा अध्ययन सुरु गरेकी थिइन् । त्यसयता लगातर पढिरहेकी करिष्माले शुक्रबार १२ को परीक्षा सकाएकी छिन् । उनले सामाजिक सञ्जालमा परीक्षा सकिएको जानकारी गराउँदै साथीहरूसँग ब्याचलर्समा भेटौंला भन्दै बिदा मागेकी छिन् ।
अभिनयमा व्यस्त भएका कारण पढाइलाई समय दिन नसकेको भन्दै ५ वर्षअघि स्कुल जान थालेको घोषणा गरेकी थिइन् । उनको यो निर्णयले धेरैलाई प्रेरित गरेको भन्दै उनको चौतर्फी प्रशंसा भएको थियो ।
सइई सकेपछि करिष्मा फेरि अभिनयको दुनियाँमा नै रमाउँछिन् भन्ने आशंकालाई चिर्दै उनले ११–१२ मा भर्ना लिएकी थिइन् । महामारीका कारण ढिलो गरी भएका दुवै परीक्षामा सहभागी जनाउँदै उनले पढाईलाई निरन्तरता दिने संकेत गरेकी थिइन् । उनले शुक्रबार पनि ब्याचलर्समा भेटौंला भन्दै पढाईलाई अगाडि बढाउने संकेत गरेकी छिन् ।
यही पढाईकै कारण केही दिनअघि भने करिष्मा विवादमा आएकी थिइन् । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले परीक्षाबारे सोध्न फोन गरेको भन्दै फोन गरेको स्क्रिनसट राखेर विवादमा आएकी थिइन् । धेरैले पहिला त करिष्मा जस्तो व्यक्तिले यति सानो कुरालाई बढाइ चढाइ नगरेको भए पनि हुने भन्दै टिप्पणी गरेका थिए भने स्क्रिनसटले केपी ओलीले गरेको नभई करिष्माले नै गरेको देखाएको भन्दै गफ दिएको आशंका गरेका थिए । धेरैले आलोचना गरेपछि करिष्माले सो स्ट्याटस हटाएकी थिइन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया