आकस्मिक मन्त्रिपरिषद् बैठक सकियो

काठमाडौं : आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद् बैठक सकिएको छ । मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको हो ।
मंगलबार बिहान संवैधानिक परिषद्को बैठक बसेको थियो । तर सो बैठकमा सभामुख अनुपस्थित भएलगत्तै बैठक स्थगित भएको थियो । उक्त बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
आकस्मिक रुपमा बोलाइएको बैठकमा पूरानो अध्यादेशलगायत विषयमा छलफल हुने एक मन्त्रीले इकागजलाई जानकारी दिएका थिए । यही प्रश्न इकागजले कृषि मन्त्री घनश्याम भुसाललाई सोधेको थियो, तर यसबारे कुनै छलफल नभएको उनले बताए । मन्त्री भुसालले भने, ‘यसबारे कुनै छलफल नै भएन । यो नियमित बैठक हो ।’

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया