म्यानचेस्टर युनाइटेडले पेनाल्टी नपाउनुमा ‘योर्गेन क्लप’ दोषी : सोल्स्यार
काठमाडौँ- गत सिजन इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ११ पेनाल्टी पायो । सबैभन्दा बढी पेनाल्टी पाउने टिममा युनाइटेड दोस्रो स्थानमा रह्यो । पहिलो स्थानको लेस्टर सिटीलाई १२ पेनाल्टी दिइएको थियो । अन्य क्लबको कुरा गर्ने हो भने, चेल्सी र म्यानचेस्टर सिटीले क्रमशः १० र ९ पेनाल्टी पाए । त्यस्तै, लिभरपुलले ६ पेनाल्टी पाएको थियो ।
यस सिजन भने युनाइटेडले पेनाल्टी पाएको छैन । युनाइटेडले पेनाल्टी नपाउनुमा विपक्षी क्लबका प्रशिक्षक रहेको आरोप, ओले गनर सोल्स्यारले लगाएका छन् । उनको संकेत लिभरपुलका प्रशिक्षक योर्गेन क्लपतर्फ थियो । यद्यपि सोल्स्यारले क्लपको नाम भने लिएनन् ।
‘हामीले पाउनु पर्ने पेनाल्टी पनि पाएका छैनौँ । पछिल्ला दुई खेलमा हामीलाई तीन पेनाल्टी दिइनु पर्थ्याे । गत सिजन एक प्रशिक्षकले हाम्रो विरोध गरे । हामीले अरुले भन्दा बढी पेनाल्टी पाएका छौँ । उनकै विरोधका कारण यसपाली हामीलाई पेनाल्टी नदिइएको हो । उनको विरोधले ठूलो फरक पारेको छ । आशा छ आउँदा खेलमा रेफ्रीहरुले सही निर्णय दिनेछन्,’ सोल्स्यारले भनेका छन् ।
गत जनवरीमा क्लपले युनाइटेडबारे टिप्पणी गरेका थिए । साउथह्याम्पटनसँगको खेलपछि प्रतिक्रिया दिँदै क्लपले आफ्नो टिमले साढे पाँच वर्षको समयावधिमा पाएको पेनाल्टी संख्या युनाइटेडले दुई वर्षमा पाएको पेनाल्टी संख्या धेरै भएको प्रतिक्रिया दिएका थिए ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया