बार्सिलोनाको नयाँ प्रशिक्षकमा रोबर्टो मार्टिनेज !
काठमाडौँ - च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग पराजय बेहोरेको बार्सिलोनाले त्यसपछि घरेलु लिगका दुई खेलमा बराबरी खेल्यो । स्पेनिस ला लिगामा कुल पाँच खेलमध्ये तीनमा बराबरीका रोकिएको बार्सिलोनाले नौ अंक बनाएको छ । र, सातौँ स्थानमा सीमित छ ।
बार्सिलोनाले आफ्नो स्तरअनुसारको प्रदर्शन गर्न नसकेपछि उसका प्रशिक्षक रोनाल्ड कुमन दबाबमा छन् । यस्तोमा बार्सिलोना प्रशासनले नयाँ प्रशिक्षकको खोजी सुरु गरिसकेको बताइएको छ । यो खबर गोल डटकमले लेखेको छ । गोलका अनुसार बार्सिलोनाले रोबर्टो मार्टिनेजसँग छलफल गरिरहेको छ ।
बार्सिलोनाका अध्यक्ष जोआन लार्पोटा मार्टिनेजलाई बार्सिलोनाको नयाँ प्रशिक्षक बनाउन चाहान्छन् । हाल बेल्जियम राष्ट्रिय टोलीका प्रशिक्षक रहेका मार्टिनेजको बार्सिलोनासँग राम्रो सम्बन्ध रहेको बताइएको छ । क्याट्लोनिया क्षेत्रकै रहेका मार्टिनेज बार्सिलोनासँग जोडिएको यो पहिलो पटक होइन ।
इंग्ल्यान्डका विगन एथ्लेटिक र एभरटन जस्ता क्लबमा प्रशिक्षक रहिसकेका मार्टिनेज क्लब फुटबलमा फर्किन तयार रहेको बताइएको छ । तर केही समयअघि उनले बेल्जियमसँग विश्वकप २०२२ सम्म रहने प्रतिबद्धता जाहेर गरेका थिए । उनी कमसेकम युईएफए नेसन्स कप फाइनलसम्म बेल्जियममा रहन सक्छन् । बेल्जियम नेसन्स कपको सेमिफाइनल पुगिसकेको छ । जहाँ उसले अक्टोबर ८ मा फ्रान्सको सामना गर्नेछ । बार्सिलोनाले मार्टिनेजबाहेक अन्य केही प्रशिक्षकलाई पनि सम्पर्क गरेको छ । त्यस सूचीमा पूर्वमिडफिल्डर जाभी पनि रहेको गोलको दाबी छ ।

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

कमल थापाले जिते टेनिस उपाधि

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

एनसेल एनएसएल सिजन–३ सुरु, आज बुटबल लुम्बिनी एफसी र झापा एफसीबी भीड्दै

प्रतिक्रिया