ईपीएलः काठमाडौँ किंग्सलाई १५८ रनको लक्ष्य
काठमाडौँ- एभेरेष्ट प्रिमियर लिग (ईपीएल)को उद्घाटन खेलमा ललितपुर प्याट्रियोट्सले काठमाडौँ किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भइरहेको खेलमा ललितपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनायो ।
ललितपुरका लागि पवन सराफले ६१ रनको योगदान गरे । ४४ बल सामना गरेका पवनको अर्धशतकमा ४ छक्का र पाँच चौका सम्मिलित थिए । डिफेन्डिङ च्याम्पियनका लागि योगेन्द्रसिंह कार्कीले ३३ रन जोडे ।
टस हारेर ब्याटिङ गरेको ललितपुरले खराब सुरुवात गरेको थियो । उसका कप्तान तथा ओपनर कुशेल भुर्तेल पहिलो बलमै आउट भए । विदेशी ओपनर सान्दुम विराकोडीले पनि दुई रन मात्रै बनाए । अर्का विदेशी खेलाडी राङजुङ मिक्यो दोर्जीले अविजित १७ रनको योगदान गरे भने नारायण जोशी पनि १२ रनमा अविजित रहे ।
पाकिस्तानका भेट्रान अलराउन्डर शाहिद अफ्रिदी सम्मिलित काठमाडौँका लागि जितेन्द्र मुखिया सफल बलर साबित भए । उनले १८ रन खर्चेर चार विकेट हात पारे । अफ्रिदीले भने ३२ रन खर्चदा कुनै पनि विकेट लिएनन् । सन्दिप लामिछाने कप्तान रहेको काठमाडौँका लागि गुल्शन झा र रायन बर्लले समान दुई–दुई विकेट लिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया