डोटीको खैगाडमा पुग्यो खानेपानी

डोटी - जोरायल गाउँपालिका–४ खैगाडमा वर्षौंपछि खानेपानी पुगेपछि स्थानीयवासी निकै खुसी भएका छन् । गाउँपालिका, स्थानीयवासी तथा विदेशी दातृ निकाय युनिसेफको आर्थिक र प्राविधिक सहयोगमा उक्त वडामा सुरक्षित खानेपानी विस्तार गरिएसँगै गाउँमा खुसियाली छाएको हो । उक्त गाउँलाई एक कार्यक्रमबीच ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ गाउँका रुपमा घोषणा गरिएको हो ।
युनिसेफको रु ३६ लाख ३२ हजार ६४३।२०, जोरायल गाउँपालिकाको रु १६ लाख र रु १२ लाख ६ हजार ७९।३४ बराबरको स्थानीय जनश्रमदान गरी कूल रु ६४ लाख ३८ हजार ७२२।५४ को लागतमा खैगाडका एक सय चार घरधुरीमा खानेपानीका धारा निर्माण सम्पन्न भएको छ ।
उक्त वडा प्रदेशकै पहिलो ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा भएको युनिसेफ सुदूरपश्चिम प्रदेशका रमेश दाहालले जानकारी दिए । घरघरमा खानेपानीका धारा निर्माण गरिएपछि खैगाड गाउँका कम्तीमा पनि ६२४ जना नागरिक प्रत्यक्ष लाभान्वित भएको खैगाड खानेपानी उपभोक्ता समितिका अध्यक्ष भजनसिंह मडैले बताए । खानेपानी विस्तारसँगै खैगाडमा विद्युत विस्तारका लागि पहल गरिनुपर्ने स्थानीयवासीले माग गरेका छन् ।
खैगाड क्षेत्रमा मोबाइल नेटवर्क कमजोर भएकाले टावर जडान गर्न नेपाल टेलिकमको कार्यालय अत्तरियासँग पहल भइरहेको वडाध्यक्ष दिनेशकुमार मल्लले बताए ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया