'सभामुखले संवैधानिक दायित्व र कर्तव्यविपरीत बैठक बहिष्कार गरे'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले सभामुख अग्निप्रसाद सापकोटामाथि संवैधानिक दायित्व र कर्तव्यविपरीत संवैधानिक परिषद्को बैठक बहिष्कार गरेको आरोप लगाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक संजालमार्फत् मंगलबार सभामुखमाथि यस्ताे आरोप लगाएका हुन्।
सभामुख पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष कार्यसम्पादन हुनुपर्ने संवैधानिक परिकल्पना र व्यवस्था रहेको थापाको भनाइ छ ।
दुई तस्बिर राख्दै उनले ट्विटरमा लेखेका छन्,'सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक दायित्व र कर्तव्यविपरीत बहिष्कार गर्नुभएका मंसिर २८ र ३० गते संविधानत: आयोजित संबैधानिक परिषदका दुई बैठक । जबकि सभामुख पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष कार्यसम्पादन हुनुपर्ने सम्बैधानिक परिकल्पना र व्यवस्था रहेको छ।'
सभामुख अग्निप्रसाद सापकोटाले संबैधानिक दायित्व र कर्तव्यविपरित बहिष्कार गर्नुभएका मंसिर २८ र ३० गते संविधानत: आयाेजित संबैधानिक परिषदका दुई बैठक । जबकि सभामुख पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष कार्यसम्पादन हुनुपर्ने सम्बैधानिक परिकल्पना र व्यवस्था रहेकाे छ। pic.twitter.com/BRbcvPBjBm
— Surya Thapa (@ThapajiSurya) December 15, 2020

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया