सगरमाथा बेसक्याम्पको हिउँमाथि राजकुमार र राजकुमारीसहितको ‘फेशन शो’ (फोटोफिचर)

काठमाडौँ - सगरमाथाको बेसक्याम्पमा 'फेसन शो' सम्पन्न भएको छ । शोमा नेदरल्याण्ड्सका राजकुमारी र इटालीका राजकुमार सहभागी भएका थिए । बिहीबार हिमाली क्षेत्र र जैविक संरक्षण गर्न विश्वको ध्यानाकर्षण गर्ने उद्देश्यले सगरमाथा बेसक्याम्पमा 'फेसन शो' गरिएको हाे ।
'फेसन शो'मा विश्वका १३ देशका अन्तर्राष्ट्रिय मोडलहरू सहभागी भएका थिए । इटाली, डेनमार्क, बेलायत, पोल्याण्ड, रसिया, नेदरल्याण्ड्स, नेपाल र फिनल्याण्डका मोडल सहभागी हुने भएका छन् । कासा बुटिक डिजाइन, आरबी डायमण्ड, के फिल्मस र नेपाल पर्यटन बोर्डले आयोजना गरेको हो ।
यस्तै स्टार अस्पताल, ग्लोबल आइएमइ बैंक, चिभास, द सोल्टी हाेटल र इन्टरनेशनल सेरीकल्चर कमीसन लगायत संस्था सह आयाेजक थिए ।
शो मा इटालीबाट एल्स्यान्ड्रव जारिन, डेनमार्क बेन यसमिन हमौडा, लुइस हेस र जुलीया क्रिस्टिना मुलर, बेलायतबाट जर्ज रोबर्ट रेन्स र आरोन गेज रिचार्ड, पोल्याण्डबाट हुर्बेट विकटोरक्वास प्रोवाइस, रसियाबाट एकत्येरिना तेरेगुवा, नेदरल्याण्डकी राजकुमारी एलीसा क्याटरिना इगर, इटालीका राजकुमार कोसिमो मारिया डे मेडिसी डी टोसकाना डी ओटाजानो, फीनल्याण्डबाट टीया क्यामीला र पाउला मारिया तथा नेपालबाट रेहन श्रेष्ठ सहभागी थिए ।
जलवायु परिवर्तन मानवताकै लागि खतराका रूपमा देखिएको बेला सचेतना बढाउन फेसन शोको आयोजना गरिएको काशा बुटिकका निर्देशक रमिला निम्केलले बताइन् । उनका अनुसार पछिल्लो समय हिमाल आरोहण गर्नेको संख्या बढेसँगै सगरमाथासहित अन्य हिमाल प्रदूषित बन्दै गएका छन् ।
कोभिड-१९ को महामारीकाे असर पर्यटन क्षेत्रमा समेत परेकोले फेसन शोले महामारीबाट पर्यटक क्षेत्र उकास्न र पर्यटककाे आवागमन बढाउन सहयाेग गर्ने निम्केलको भनाइ छ । विश्वको अग्लो स्थानमा फेसन सो गर्दा अन्तर्राष्टिय क्षेत्रमा सगरमाथाको प्रचारप्रसारमा पनि सहयाेग पुग्ने उनकाे भनाइ छ ।
नेपालमै बनेका पश्मिनाजस्ता कपडाले हिमाललाई कम असर गर्ने भएकाले सगरमाथा बेसक्याम्पमा फेसन शाे गरिएकाे कासा बुटिकले जनाएको छ । कासा बुटिक नेपालमा स्थापित अन्तर्राष्ट्रिय फेसन ब्रान्ड हो । कासा बुटिकले अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत यूरोपमा समेत नेपालमा बनेका कपडा निर्यात गर्ने गर्छ ।

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

प्रतिक्रिया