माओवादी केन्द्रले तीस लाख सदस्य बनाउँदै

काठमाडौँ – २३ फागुन ०७७ मा नेकपाबाट ब्यूँतिएको नेकपा माओवादी केन्द्रले संगठन निर्माणलाई तीव्रता दिएको छ । शनिबार संगठन विभाग प्रमुख जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकले एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्य हुनुपर्ने नीतिसहित ३० लाख सदस्य पुर्याउने रणनीति सार्वजनिक गरेको हो ।
चार महिने संगठन निर्माण तथा विस्तारको अभियान चलाइरहेको पार्टीले ‘टोलबाट देश निर्माण गरौं, सेलबाट पार्टी निर्माण गरौं’ भन्ने नारासमेत तय गरेको छ ।माओवादीले संगठित सदस्यको संख्या ३० लाख पुर्याउने लक्ष्य राखेको शर्माले बताए । ‘एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्यको नीति कार्यान्वयन गरे तीस लाख संगठित सदस्य सहिलै बनाउन सकिन्छ,’ शर्माले दाबी गरे ।
३०–३१ साउनमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले ११–१३ पुसमा राष्ट्रिय सम्मेलनको मिति तय गर्दै चार महिने संगठन निर्माण अभियान घोषणा गरेको थियो । यस्तै १० असोजमा देशका सबै सेल कमिटी र टोल भेला सम्पन्न गरेर २० असोजमा वडा, गाउँपालिका र नगरपालिकाको सम्मेलनसमेत गर्ने योजना बनाएको केन्द्रीय कमिटी सदस्य धर्मशिला चापागाईंले बताइन् ।
३० कात्तिकमा जिल्ला सम्मेलन र १५ मंसिरमा प्रदेश सम्मेलन गर्ने माओवादीको कार्ययोजना छ । हाल सत्तागठबन्धनमा रहेको माओवादीले पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)मा पनि नयाँ नेतृत्व चयन गर्दै संगठनलाई क्रियाशील बनाएको छ ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया