न्यूयोर्कमा व्यस्त परराष्ट्रमन्त्री : आइतबार भारतीय समकक्षी भेट्दै

काठमाडौँ - राष्ट्रसंघको ७६औँ महासभामा भाग लिनेक्रममा न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री डा.नारायण खड्का दुईपक्षीय भेटघाटमा व्यस्त बनेका छन् । उनले त्यहाँ पुगेपछि अधिकतम साइडलाइन भेटवार्ता गरिरहेका छन् । डा. खड्काले शानिबार ७६ औँ महासभाका अध्यक्ष एवं माल्दिभ्सका पूर्वविदेशमन्त्री अब्दुल्ला साहिदसँग भेटवार्ता गरेका छन् ।
उनले कोभिड-१९ पछि विश्वमा राष्ट्रसंघको भूमिका, नेपाल र माल्दिभ्सको सम्बन्धका साथै दक्षिण एसियाको राजनीतिक अवस्थाबारे समेत छलफल गरेकाे जानकारी दिइएको छ । खड्का र अब्दुल्लाबीच यस क्षेत्रको शान्ति, जलवायु परिवर्तनको असर, कोभिडको प्रभाव, सार्कको भूमिका लगायतमा चासो र चिन्ता व्यक्त भएका थिए ।
कोभिड-१९ को सन्त्रास सामान्यीकरण हुँदै गएपछि राष्ट्रसंघ पनि केही हदसम्म खुला गर्दै महासभामा भौतिक उपस्थिति गराएको हो । ७५ औँ महासभा पूर्णत भर्चुअल भएको थियो । ७४ औँ महासभाको अन्त्य तिर कोभिड सन्त्रास सुरु भएको थियो । त्यसपछि विश्व नै फरक बनिसकेको छ । मानव जातीमा देखिएको सन्त्रास डरलाग्दो छ ।
यही विषयलाई यसपालीको महासभाले ध्यान दिएको देखिन्छ । सोही कारणले नेपालबाट सानै भए पनि टिम सहभागी भएको छ । परराष्ट्रमन्त्री नबनाएकाले भ्रमण अनिश्चित जस्तै भइरहँदा प्रधानमन्त्रीले परराष्ट्र मन्त्रीमा डा. खड्कालाई नियुक्त गरी शपथ लगत्तै अमेरिका पठाएका हुन् ।
उनै डा. खड्काले महासभा अध्यक्ष मात्र होइन दुई पक्षीय भेटघाटमा तिव्रता दिएका छन् । उनले केही बेरमा बंगलादेशको परराष्ट्रमन्त्रीसँग भेट्ने छन् । शुक्रबार कुवेतका विदेशमन्त्री अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर अलसवाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
कुवेत नेपालीलाई रोजगार दिने मुलुक मात्र होइन नेपालको विकाशमा खाडी मुलुकबाट साहयोग प्रधान गर्ने पुरानो मुलुक हो । नेपाल-कुवेत सम्बन्धका साथै आप्रवासी कामदार, व्यापार, पर्यटन, लगानी प्रवर्द्धनलगायत साझा चासो र अन्य विषयमा विचार विमर्श भएको जानकारी परराष्ट्र प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
त्यस लगत्तै उनले राष्ट्रसंघको शान्तिकार्य विभागको उपमहासचिव जो पिएगा लाक्वाँसँग भेटवार्ता गरेका थिए । उनीहरूबीच राष्ट्रसंघीय शान्ति स्थापनाको कार्यमा नेपाल र राष्ट्रसंघबीच विद्यमान साझेदारीलाई अझ विस्तार गर्ने सम्बन्धमा विचार आदान प्रदान भएको र नेपालको उपस्थितिको आधारमा उच्चपद आवश्यक रहेको भन्दै त्यसमा ध्यान दिन उनलाई आग्रह गरेका थिए । नेपाली सेना अझ थप मिसनमा जान सक्ने जानकारी दिँदै उच्च ओहोदामा पनि नेपालको उपस्थिति अधिक हुन पर्नेमा जोड दिएका थिए ।
परराष्ट्र मन्त्री डा.खड्काले आइतबार भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने भएका छन् । दुवै अधिक अध्ययन गरेका व्यक्तिबीच हुने वार्ताले केही निचोड निकाल्न सक्ने अधिकारीहरूले बताउँछन् । नेपाल र भारतबीचका अनेकन विषयमा खड्काले छलफल गर्नेछन् । भारतीय विदेश मन्त्री जयशंकरले बुझेको र राम्रोसँग कुरा गर्न मिल्ने नेपाली मन्त्रीसँग कुरा गर्न पाउने भएका हुन् ।
भरतीय विदेश मन्त्रालयका एक अधिकारीले भने, ‘पक्का पनि यो भेटवार्तामा दुईपक्षीयसँगै विश्वको राजनीतिको बारेमा र अध्ययनहरूको बारेमा समेत विचार विमर्श हुनेछ । दुवै अधिक अध्ययन गरेका व्यक्तिहरू न्यूयोर्कमा भेट्दैछन् ।’ खड्का भारतको पुने, अमेरिका र क्यानडाको विश्वविद्यालयमा अध्ययन गरेका व्यक्ति हुन् ।
उनले सोमबार राष्ट्रसंघमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यससँगै उनले राष्ट्रसंघका महासचिव, अन्य अधिकारी, नेपाली समुदाय लगायतसँग पनि भेटवार्ता गरेर नेपाली समुदायको कार्यक्रममा भाग लिएर बुधबार विहान अमेरिकाबाट नेपाल हिड्ने र शुक्रबार काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया