नेपाल प्रचार गर्ने भारतीय रमाइलो शैली

काठमाडौं : केही दिनयता नेपालको प्रचार गरिएको भिडियो सामाजिक सञ्जालमा खुबै सेयर भइरहेको छ । मानसी अग्रवालले पाटन दरबार स्क्वायरलाई पृष्ठभूमिमा राखेर बनाएको बनाएको यो भिडियोमा उनले नेपाल घुम्न आउन नहुने ७ कारण भन्दै नेपालको प्रशंसा गरेकी छिन् ।
‘मेरो मुखबाट नेपालको प्रशंसा सुनेर वाक्क भएका मेरा साथीहरू आज झन् चकित पर्नेछन् । म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरू बाँड्दै छु,’ उनले भिडियोका सुरुमै भनेकी छिन् । उनले आफू १४ वर्षदेखि नेपालसँग परिचित रहेको बताउँदै नेपाल आएपछि फर्केर जानै मन नलाग्ने भएकाले नेपाल आउँदै नआउन सुझाव दिएकी छिन् ।
उनले भिडियोमा नेपालको मौसम, प्राकृतिक सुन्दरता, विविधता, सभ्यता, संस्कृति, खानपिन र मानिस गरी ७ कुरा गज्जब रहेकाले घुमाउरो गरी नेपाल आउन सुझाएकी छिन् ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया