सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

लहान – इलाका प्रहरी कार्यालय लहानको हिरासतको ग्रिल फुटाएर फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ । अढाइ महिनाअघि फरार उनलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका–१ निवासी ३४ वर्षीय रामप्रकाश भनिने पशुपति यादव छन् । 

उनी २६ असारमा हिरासत कक्षको ग्रिल फुटाएर यादव फरार भएपछि प्रहरीले खोजीकार्य जारी राखेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीको लच्का पुलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुभाष बुढाथोकीले जानकारी दिए ।

लागुऔषध मुद्दामा यादव २० जेठमा पक्राउ परेका थिए । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी बुढाथोकीले बताए ।