एक महिना थपियो चलचित्र विकास बोर्डको ‘स्टोरी बैंक’मा कथा बुझाउने समय

काठमाडौँ- चलचित्र विकास बोर्डले स्टोरी बैंकमा पटकथा बुझाउने म्याद १ महिना थपिएको जानकारी गराएको छ । बोर्डका अधिकृत गिरिश शर्माले थप पटकथाको सहभागिताका लागि समय थप गरिएको जानकारी गराए ।
‘अहिलेसम्म ४० हाराहारीमा पटकथा आएका छन् । तर, थप पटकथा सहभागी हुन् भनेर हामीले १ महिना समय थप्ने निर्णय गरेका हौँ,’ शर्माले भने ।
बोर्डले फिचर र सर्ट फिल्ममा पटकथाको माग गरी भदौ १२ गते सूचना प्रकाशित गरेको थियो । यसको मिति असोज ८ मा सकिएको हो । थुप्रै फिल्मकर्मीले काम गर्दा गर्दै समय अपुग भएको आग्रहका आधारमा समय थप्ने निर्णय गरिएको पनि उनले जानकारी गराए ।
बोर्डले गत साल स्टोरी बैंकको अवधारणा अगाडि सार्दै पटकथाका लागि आह्वान गरेको थियो । बोर्डले गत साल फिचर र सर्ट गरी ५ फिल्मलाई निर्माणमा सघाउने घोषणा गरी कार्यक्रम सञ्चालन गरेकोमा यो साल भने बोर्डले ५ फिचर र ५ सर्ट फिल्मलाई निर्माणमा सघाउने जानकारी गराएको छ ।
यसरी प्राप्त हुन आएका पटकथालाई बोर्डले निर्णायक समितिको सिफारिसका आधारमा निर्माणमा सघाउने बताएको छ । तर, बोर्डले गत सालको प्रतिस्पर्धामा सहभागी हुने कथाको हकमा भने अझै निर्णय गरेको छैन ।
राजनीतिक अस्थिरताका कारण बजेटमा अन्योल भएका कारण घोषणा गर्न नसकिएको बोर्ड अध्यक्ष दयाराम दाहालले जानकारी गराएका छन् । उनले औपचारिक कार्यक्रम गरेर नै विजेता फिल्म र फिल्मकर्मीको नाम घोषणा गर्ने जनाएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया