आमिर खानको ‘लालसिंह चढ्ढा’ अर्को सालको भ्यालेन्टाइनमा

मुम्बई - महाराष्ट्र सरकारले हल खोल्ने निर्णय गरेसँगै बलिउड जमजमाउन थालेको छ । उद्धव ठाकरे सरकारले हल खोल्ने निर्णय गरेकै दिन अक्षय कुमारको ‘सूर्यवंशी’ले तिहारमा सार्वजनिक हुने घोषणा गरेको थियो यही मितिमा हलिउड फिल्म ‘इटर्नल्स’ पनि आउने भएको छ ।
तर यही वर्ष प्रदर्शन हुने घोषणा गरेको आमिर खानको बहुप्रतीक्षित फिल्म ‘लालसिंह चढ्ढा’ भने यो सालबाट सरेर अर्को साल पुगेको छ । क्रिसमसमा आउने घोषणा गरेको यो फिल्म सन् २०२२ को भ्यालेन्टाइनमा आउने भएको छ ।
आइतबार आमिर खान प्रडक्सनले महामारीका कारण निर्धारित समयमा फिल्मको काम नसकिएको भन्दै प्रदर्शन मिति धकेलेको जनाएको छ । अद्वेत चन्दनले निर्देशन गरेको यो फिल्ममा आमिर खान र करिना कपुरको मुख्य भूमिका रहेको छ । फिल्ममा दक्षिणभारतीय कलाकार नागा चैतन्य पनि रहेका छन् । यो फिल्म हलिउड हिट ‘फरेस्ट गम्प’को अफिसियल रिमेक हो । टम ह्याङ्क्स अभिनीत यो फिल्मलाई भियतनाम युद्धको त्रासदी बताउने फिल्मको रुपमा स्मरण गर्ने गरिन्छ ।

‘ब्ल्याक विडो’लाई उछिन्दै ‘सङ ची’ बन्यो यो वर्षको सबैभन्दा कमाउने फिल्म

तिहारमा आउने भयो अक्षय र कट्रिनाको ‘सूर्यवंशी’

जेम्स बन्डको ‘नो टाइम टु डाई’को एडभान्स टिकट बिक्रीमा कीर्तिमान

के सामन्था र नागा चैतन्य छुट्टिएका हुन् ?

बलिउड अभिनेता दिलीप कुमारको निधन

‘मिर्जापुर २’ कतिमा बन्यो होला ?

जावेद अख्तरले हाले कंगनालाई मानहानीको मुद्दा

प्रतिक्रिया