शिक्षा समितिले माग्यो मणिपाल र सरकारबीच भएको सम्झौता
काठमाडौँ - प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले पोखरास्थित मणिपाल मेडिकल कलेज र सरकारबीच भएको सम्झौता मगाउने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले सरकार र मेडिकल गुप्रबीच भएको सम्झौता समितिलाई उपलब्ध गराउन सरकारलाइ निर्देशन दिएको हो । समितिले सम्झौता अध्ययन गरेर सरकारलाई आवश्यक निर्देशन दिने समिति सभापति समिति सभापति जयपुरी घर्तीले जानकारी दिए ।
त्यसअघि बैठकमा सांसदहरुले मेडिकल कलेज किनबेच भएको बिषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका थिए । सांसद खगराज अधिकारीले सम्झौताको प्रति मगाएर समितिले अध्ययन गर्नुपर्ने बताए । उनले मणिपाललाई शेयर बेच्ने अधिकार नरहेको भन्दै यस बिषयमा आएका समाचारहरुका बारेमा सरकारले तथ्य सार्वजनिक हुनुपर्ने उल्लेख गरे ।
सांसद मानबहादुर विश्वकर्माले मणिपाल समूहले चलाउन नसक्ने भए मेडिकल कलेज सरकारलाई हस्तान्तरण गर्नुपर्ने धारणा राखे । उनले सरकारसंग भएको सम्झौताका बारेमा शिक्षा मन्त्रालयले स्पष्ट पार्नुपर्ने बताए । बैठकमा शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले मेडिकल कलेज बिक्रि भएकोबारे आफुहरूलाई कुनै जानकारी नभएको बताए । उनले ४९ बर्षका लागि भएको सम्झौतामा विदेशी लगानीमा सञ्चालित मेडिकल कलेज भएको उल्लेख गरिएको र अहिले पनि कायम रहेको जिकिर गरे ।
त्यस्तै बैठकले चीन, जापान लगायतका देशमा कोभिड–१९ का कारण उच्च शिक्षा लिन जान नपाएका विद्यार्थीहरूलाई पठाउनका लागि कूटनीतिक पहल गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले सन् २०१५ र १६ औँ ब्याचका चीनमा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन नेपाल मेडिकल काउन्सिललाई निर्देशन दिएको छ ।

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

प्रतिक्रिया