बीपी प्रतिष्ठानको बेथितिः अस्पतालमा आईसीयू छैन, इमर्जेन्सीबाटै रिफर हुन्छन् बिरामी
विशेषज्ञ चिकित्सकले बिरामीको परीक्षण नै गर्दैनन

काठमाडौँ- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयूको अभाव भएको छ । आईसीयूको अभाव भएकाले गम्भीर अवस्थाका बिरामीहरू ईमर्जेन्सी कक्षबाटै बाहिरी अस्पतालमा रिफर हुने गरेका छन् ।
अस्पतालबाट दैनिक १५ देखि २० जना रिफर भएर जाने गरेको प्रतिष्ठानको स्वास्थ्य सेवा प्रवाहको बारेमा नेपाल मेडिकल काउन्सिलद्वारा स्थलगत गरिएको प्रतिवेदनले उल्लेख गरेको छ ।
काउन्सिलले भदौ २ गतेदेखि ५ गतेसम्म प्रतिष्ठानको निरीक्षण गरेको थियो । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. नारायण विक्रम थापा र डा. प्रेषितकुमार पोख्रेलले सदस्यले निरीक्षण गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुसन्धान महाशाखाले साउन २० गतेको पत्रको निर्देशन अनुसार चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलले प्रतिष्ठानमा देखिएका समस्याहरूको विशेष गरी जनशक्ति, शैक्षिक अवस्था र सेवा प्रवाहको अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।
प्रतिवेदनका अनुसार ईमर्जेन्सी कक्षमा आएका बिरामीको समेत स्वास्थ्य परीक्षण प्रयोगशाला तथा रेडियोलोजी विभागमा शिघ्र सेवा उपलब्ध छैन । प्रतिष्ठानमा सेवा उपलब्ध नुहँदा बिरामीहरू अन्य अस्पताल जान बाध्य छन् ।
पर्याप्त जनशक्ति भए पनि ओपीडीमा आएका बिरामीहरूलाई व्यवस्थापन गर्न नसकिएको प्रतिवेदनले उल्लेख गरेको छ । भौतिक संरचनाको अत्यावश्यक सेवा निर्माण गर्न नसकेको समेत औल्याएको छ ।
समयमा प्रतिष्ठानम उपलब्ध चिकित्सकहरूले बिरामीहरूको समयमा स्वास्थ्यको परीक्षण नगर्नु र उनीहरू लामोसमयसम्म पर्खन बाध्य छन् । ओपीडीमा बिरामीहरूले गरेको परीक्षणको रिपोर्ट ढिलो आउने गरेको छ । कतिपय परीक्षण अस्पतालभित्र नहुने गरेको छ । परीक्षणका लागि लामो समयसम्म पर्खनुपरेकाले प्रतिष्ठान अगाडि रहेको प्रयोगशाला र अस्पतालमा जाने गरेको प्रतिवेदनले जनाएको छ ।
रोग विशेषज्ञ चिकित्सकहरूले बिरामीहरूलाई नहेर्ने गरेको प्रतिवेदनले उल्लेख गरेको छ । रेजिडेन्ट चिकित्सकहरूले मात्र बिरामीलाई हेर्ने गरेको सेवाग्राहीले गुनासो गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
जनशक्ति र बिरामीको चाप अनुसार न्यून संख्यामा आईसीयू र अन्य बेड रहेको छ । शल्यक्रिया गर्न ओटी कक्षको अभावले शल्यक्रिया गर्न सेवाग्राहीले महिनादेखि कुर्नुपर्ने समस्या रहेको छ ।
प्रतिष्ठानको स्वास्थ्य सेवा अवस्था एकदमै नाजुक रहेको काउन्सिलको प्रतिवेदनमा उल्लेख छ । गुणस्तरहीन सेवा भएकाले सेवाग्राहीले धेरै दुःख पाइरहेका छन् । अस्पताल परिसरमा फार्मेसी नभएकाले बिरामीका आफन्त तथ सेवाग्राहीले दुःख पाइरहेका छन् । प्रतिष्ठानको मेडिकल रेकर्डहरू जथाभावी राखेको र काउन्सिलको मापदण्ड अनुसार व्यवस्थित राखिएको छैन ।
अस्पतालमा बिग्रेका उपकरण नबनाउने र सबै सामग्री अस्तव्यस्त रहेकाले कुनै पनि सामग्री हिफाजत नगरिएको प्रतिवेदनमा उल्लेख छ । अतिआवश्यक स्वास्थ्योपचारका लागि आवश्यक उपकरहरूको समेत अभाव रहेको छ ।

प्रत्यारोपणमा प्रयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

प्रतिक्रिया