आयस्रोत नखुलाई लगानी गर्न पाइने व्यवस्थाप्रति एमालेको आपत्ति

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले आयस्रोत नखुलाई लगानी गर्न पाइने बजेटको व्यवस्थाप्रति आपत्ति जनाएको छ । आइतबार बसेको केन्द्रीय कमिटीको बैठकमा सदस्यहरूले सो व्यवस्थाप्रति आपत्ति जनाएका हुन् ।
प्रतिनिधि सभामा एमालेको विरोधका बीच बलजफ्ती बजेट पास गरेको र त्यसमा आयस्रोत नखुलाई लगानी गर्न पाइने प्रबन्ध गरिएको भन्दै एमालेले आपत्ति जनाएको हो । यस्तो व्यवस्था नेपालको संविधान र नेपालले गरेका सन्धि तथा अनुबन्धहरू विपरीत भएको एमालेको निष्कर्ष छ । ‘यसले कालो धनलाई प्रश्रय दिने र वास्तविक लगानीकर्तालाई निरुत्साहित गर्नेछ । यसमा हाम्रो आपत्ति छ र तत्काल फिर्ता लिन माग गरेका छौं,’ पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया