तलब भत्ता भुक्तानीकाे माग गर्दै सबैला नगरपालिकामा तालाबन्दी

जनकपुरधाम : कर्मचारी तथा जनप्रतिनिधिहरूले धनुषाको सबैला नगरपालिकामा गरेको तालाबन्दी दुई दिनदेखि जारी छ । कर्मचारी तथा असन्तुष्ट जनप्रतिनिधिले कर्मचारीको बक्यौता तलब, सामाजिक सुरक्षा भत्ता यथाशिघ्र उपलब्ध गराउन माँग गर्दै तालाबन्दी गरिएको हो ।
केही वडाको सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराएको, करारमा कार्यरत कर्मचारीहरूको एक वर्षदेखि बाँकी रहेको तलब पाउनु पर्ने भन्दै पीडित कर्मचारी र जनप्रतिनिधिहरूले सोमबार तालाबन्दी गरेका थिए ।
कार्यपालिका सदस्य राजु गुप्ताले माग सम्बोधन नभएसम्म नगरपालिकामा तालाबन्दी जारी रहने बताए । उनले मेयर विजयशंकर साहले सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरूको तलब बाँकी राखेर रकम दुरुपयोग गरेकोसमेत आरोप लगाए ।
गुप्ताकाअनुुसार मेयर साहले सामाजिक सुरक्षा भत्ता र करारमा कार्यरत कर्मचारीहरुको तलब बाँकी रहेको स्वीकार गर्दै चाँडै नै समस्या समाधान गरिने प्रतिवद्धता जनाए । मेयर साहले आन्दोलनरत पक्षसँग वार्ता भइरहेकोले पनि जानकारी दिए ।
बजेट शीर्षकमा कमजोरी भएका कारण कर्मचारीहरुको तलब बाँकी रहेको उनले दाबी गरे । ‘जहाँसम्म सामाजिक सुरक्षा भत्ताको कुरा छ, त्यो वडा सचिवहरूले विगतको भरपाई समयमै नबुझाएको कारण निकासा हुन सकेन,’ उनले भने ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुरले जनप्रतिनिधिहरूको आपसी विवादका कारण नगरापालिकामा तालाबन्दी भएको बताए । ‘जनप्रतिनिधिहरूले आ–आफ्नो कोटाबाट करारमा कर्मचारी भर्ना गराएका छन् । तिनीहरूको म्याद थप लगायतका कागजी प्रक्रिया पुरा नभएको कारण तलब बाँकी रहेको हो,’ उनले भने । सामाजिक सुरक्षा भत्ताका विषयमा वडा सचिवहरूले विगतमा गरेको भुक्तानीको भरपाई हुनासाथ निकासा हुने उनले बताए ।
यसअघि शिक्षकहरूले समेत कात्तिक ३ गते बक्यौता तलब भुक्तानीको माग गर्दै तालाबन्दी गरेका थिए । छलफल पश्चात उनीहरूको तलब भुक्तानी भएपछि साता पश्चात तालाबन्दी खोलिएको थियो ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

प्रतिक्रिया