मन्त्रिपरिषद् बैठक बस्दै, राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी

काठमाडौँ - आज मन्त्रिपरिषद् बैठक बस्दैछ । आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । मन्त्रिपरिषद् स्रोतकाअनुसार आजको बैठकले उक्त अध्यादेश फिर्ता लिनेरे निर्णय गर्नेछ । आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा अध्यादेश फिर्ता लिनबारे छलफल भएको थियो ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका थिए। अध्यादेशमा केन्द्रीय समितिका २० प्रतिशत सदस्य वा २० प्रतिशत सांसदले दल फुटाउनसक्ने व्यवस्था राखिएको छ । अध्यादेशकै कारण सरकार गठन भएको लामो समयसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिलेकै अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्दा पुन: दल विभाजन हुनसक्ने भय सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई छ ।
यसअघि २०७७ बैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका थिए । तर, आफ्नै पार्टीबाट चर्को दबाब आएपछि फिर्ता लिन बाध्य भएका थिए ।

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

हवाई टिकटको मूल्य घटाउन पहल भइरहेको छः मन्त्री पाण्डे

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

प्रतिक्रिया