शितलनिवासको शंकास्पद् 'अध्यादेश मोह'

काठमाडाै : प्रष्ट देखिन्छ-प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको बलियो गठजोड । यही गठजोडका कारण पनि प्रधानमन्त्री ओली सत्तारुढ पार्टीको गुटगत विवादमा भारी भएका छन् । प्रधानमन्त्री–राष्ट्रपतिको गठजोड एकातिर आफूइतर गुटलाई कमजोर पार्न उद्धत देखिन्छ भने अर्कोतर्फ शक्तिशाली बन्न अनेकन अध्यादेश उन्मुख पनि । फलस्वरुप पछिल्लो समय राष्ट्रपतिको भण्डारीको चहानाबाट केही र प्रधानमन्त्री ओलीको चाहनाबाट केही अध्यादेश आइरहेका छन् ।
प्रधानमन्त्री ओलीले असार १८ मा संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरे । यो सिफारिस गर्नुअघि उनले न सभामुखसँग परामर्श गरे, न पार्टीसँग । तर, प्रधानमन्त्रीले शीतलनिवास पुगेर अधिवेशन अन्त्यबारे राष्ट्रिपतिसँग परामर्श गरिसकेका थिए । प्रधानमन्त्रीले सिफारिस गर्ने वित्तिकै राष्ट्रिपतिले संसद् अधिवेशन अन्त्यको घोषणा गरिन् ।
संसद् अन्त्य भएपछि प्रधानमन्त्रीले अध्यादेश सिफारिस गर्ने र राष्ट्रपतिले विना परामर्श केही मिनेटमै अध्यादेश जारी गर्ने क्रम चल्यो। पछिल्ला राजनीतिक घटनाक्रमले के प्रष्ट पार्छन् भने प्रधानमन्त्रीलाई मात्र अध्यादेश मोह छैन, अध्यादेश मोह राष्ट्रपति भण्डारीतर्फ पनि उत्तिकै देखिन्छ ।
यसै शिलशिलामा राष्ट्रपति भण्डारीले मंगलबार अर्को अध्यादेश जारी गरिन् । प्रधानमन्त्री ओलीको सिफारिसमा उनले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।
अध्यादेश ल्याउनुअघि प्रधानमन्त्री ओलीले कुनै पनि मन्त्री तथा पार्टी वृत्तमा छलफल गरेका थिएनन् । अर्कोतर्फ राष्ट्रपति भण्डारीले आफू समक्ष अइपुगेको अध्यादेश केही मिनेटमा नै जारी गरिदिइन् । उक्त अध्यादेश तत्काल राजपत्रमा समेत छापियो ।
अध्यादेश जारी भएसँगै संविधानविद्ले राष्ट्रपतिबाट संवैधानिक भूमिका तटस्थ र निष्पक्ष निर्वाह नभएको बताएका छन् । ‘राष्ट्रिपतिलाई अहिलेको संविधानको पालक र संरक्षक भनेको छ, यो पालना गर्ने भनेको आफूले पालना गर्ने भनेको हो र संरक्षक भनेको अरुलाई पालना गराउने भनेको हो’, संविधानविद् भिमाअर्जुन आचार्य भन्छन्,‘उहाँले सरकारले चाहेको विषयमा यति छिटो, कुनै परामर्श नै नगरेर अध्यादेश जारी गरेर सहयोग गर्नुभयो । यसमा के देखिन्छ भने उहाँले संवैधानिक भूमिका तटस्थ र निष्पक्ष निर्वाह गरेको देखिएन ।’
सरकारले ०७७ वैशाख ८ गते पनि राष्ट्रपतिले संवैधानिक परिषद् अध्यादेश जारी गरेकी थिइन । त्यो अध्यादेशमा अध्यक्ष (प्रधानमन्त्री) सहित पाँच जनाको गणपूरक संख्या घटाउने र बहुमतको आधारमा निर्णय गर्न सक्ने प्रावधान राखिएको थियो ।
त्यो अध्यादेश जारी गर्दा पनि राष्ट्रपति भण्डारीले यस पटक जस्तै कसैसँग परामर्श गरिनन् । तर, राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद् सम्बन्धी अध्यादेको चौतर्फी विरोध भएपछि सरकारले चार दिनपछि बैशाख १२ गते फिर्ता गरेको थियो ।
त्यस्तै असोज १२ तेजाब आक्रमणका दोषीहरुलाई कडा कारवाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था गर्न अध्यादेश जारी भयो । यो अध्यादेश राष्ट्रपति भण्डारीको जोडबलमा ल्याइएको थियो । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ नयाँ थियो भने फौजदारी कसूर तथा फैजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्न सरकारले अध्यादेश ल्याएको हो ।
मंसिर तीनमा राष्ट्रपति भण्डारीले ‘औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७’ जारी गरिन् । कोभिड–१९ को औषधि पत्ता लागेपछि नेपालमा आयातकालागि कानुनी प्रतिकूलता नहोस् भनेर मन्त्रिपरिषद्ले यो अध्यादेश ल्याएको थियो ।
त्यस्तै, मंसिर सात मन्त्रिपरिषद्ले अर्को अध्यादेश ल्यायो, यौन हिंसासम्बन्धी । यो अध्यादेशले यौन हिंसासम्बन्धी ज्येष्ठ नागरिक ऐन २०६३, मुलुकी अपराध संहिता २०७४ लगायतका कानुनमा उल्लेख भएका प्रावधान कडाई गरेको हो ।

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो

कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छ : अध्यक्ष दाहाल

प्रतिक्रिया