विराटनगरमा ल्याण्ड गर्न नसकेर काठमाडौँ फर्केको बुद्ध एयरले भन्यो : सुरक्षित हवाई यात्रामा प्रतिबद्ध छौँ

काठमाडौँ- विराटनगर विमानस्थलमा अवतरण गर्ने क्रममा इन्डीकेटरमा खराबी देखिएपछि बुद्ध एयरको जहाज काठमाडौँमा सफल अवतरण गरेको छ । इन्डिकेटरमा समस्या देखिएपछि र टावरले पनि गियर नझरेको संकेत दिएपछि जहाजलाई विमान चालकले काठमाडौँ फर्काएको बुद्ध एयरले जनाएको छ ।
सोमबार विराटनगरतर्फ गएको नाइनएन एनआई उडान संख्या युफोसेभेनशून्यवान विमानमा कुल ७३ जा यात्रु सवार थिए । बयस्क ६८, नवजात शिशु ३ र बच्चा २ जना थिए । सुरक्षा निर्देशिकाअनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पूरा गरी सुरक्षितसाथ अवतरण गरेको हो ।
बुद्ध एयरकाअनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराएको छ । बुद्ध एयरले विज्ञप्ति जारी गरेर पुनः सुरक्षित हवाई यात्राको प्रतिबद्ध रहेकाे जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

प्रतिक्रिया