ककपीटमा धुँवा देखिएपछि पोखरा उडेको बुद्ध एयरको जहाज काठमाडौँ फिर्ता
काठमाडौँ- काठमाडौँबाट पोखरा गइरहेको बुद्ध एयरको जहाजको ककपीटमा धुवा देखिएपछि सोमबार बिहान फर्केको छ । बिहान ७ : २७ मा उडान भएको जहाज १० माइल उडेपछि समस्या देखिएपछि विमान फर्काएको विमानस्थलको प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।
उनका अनुसार यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको हो । जहाजमा देखिएको समस्या समाधान गरी पुनः पोखरा गएको छ ।
'ककपिटमा स्मोक देखिएपछि जहाज फिर्ता भएको थियो’, शेर्पाले भने, ‘समस्या पहिचानपछि जहाज पुनः उडिसकेको छ ।'
आजै बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको एउटा जहाज अवतरण गर्ने बेला पाङ्ग्रा नखुलेपछि काठमाडौंमै फिर्ता भएको थियो । बुद्ध एयरले पुनः सुरक्षित उडान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

नेपालमा पहिलोपटक ट्रान्सपोर्ट सेवालाई डिजिटल बनाउँदै ‘टिम भरिया’ एप

प्रतिक्रिया