बुद्ध एयरबाट फर्केका ४९ यात्रु पुनः विराटनगर गए

काठमाडौँ- विराटनगरतर्फ गएको बुद्ध एयरको जहाजबाट फर्केका यात्रु पुनः विराटनगर गएका छन् । २ जना बच्चासहित कुल ४९ जना यात्रु विराटनगर गएको विमानस्थलका प्रहरी एसएसबी राजनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार बाँकी यात्रु बुधबार जाने भएका छन् । यात्रुले आफै टिकट सारेका हुनाले बुधबार जाने भएका हुन् ।
विराटनगर विमानस्थलमा अवतरण गर्ने क्रममा इन्डीकेटरमा खराबी देखिएपछि बुद्ध एयरको जहाज काठमाडौँमा सफल अवतरण गरेको थियो । इन्डिकेटरमा समस्या देखिएपछि र टावरले पनि गियर नझरेको संकेत दिएपछि जहाजलाई विमान चालकले काठमाडौँ फर्काएको बुद्ध एयरले जनाएको छ ।
सोमबार विराटनगरतर्फ गएको नाइनएन एनआई उडान संख्या युफोसेभेनशून्यवान विमानमा कुल ७३ जा यात्रु सवार थिए । वयस्क ६८, नवजात शिशु ३ र बच्चा २ जना थिए । सुरक्षा निर्देशिकाअनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पूरा गरी सुरक्षितसाथ अवतरण गरेको हो ।

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कृत

खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

प्रतिक्रिया