कसैलाई विभेद गर्दिनँ : मुख्यमन्त्री शाक्य

हेटौंडाः बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपाल स्काउट बागमती प्रदेशको संरक्षकको भूमिकामा रहँदा कसैलाई पनि विभेद नगर्ने प्रतिबद्धता गरेकी छन् । सोमबार हेटौंडामा स्काउटको शपथ लिँदे मुख्यमन्त्री शाक्यले सबैलाई समान व्यवहार गर्ने बताएकी हुन् ।
बागमती प्रदेशमा स्काउटलाई अझ शशक्त, ब्यापक बनाउन, स्काउट प्रति विश्वास जगाउन, सद्भाव कायम राख्न संरक्षको रुपमा आफुले भूमिका खेल्ने बताइन् । संघीयतामा देश गएसँगै अब स्काउटलाई पनि बागमती प्रदेशमा व्यवस्थित गर्न प्रदेश स्काउट तदर्श कमिटीलाई मुख्यमन्त्री शाक्यले निर्देशन दिएका छन् । राजनीतिक भावनाबाट बाहिर आएर उच्च मानवीय सेवा गर्ने संस्था स्काउट भएको मुख्यमन्त्री शाक्यले भनिन् ।
बागमती प्रदेशको नेकपा एमालेका प्रमुख सचेतक तथा स्काउटर दिपक निरौलाले सरकारले नेपाल स्काउटको राष्ट्रिय तदर्थ कमिटी खारेज गरेको प्रति असन्तुष्टि व्यक्त गरे । लोकबहादुर भण्डारीको नेतृत्वको राष्ट्रिय तदर्थ समिति सरकारले खारेज गरेको भन्दै नेपाल स्काउटमा राजनीति हाबी हुन नहुने बताए । निस्वार्थ सेवा गर्ने संस्थाको रुपमा स्काउट रहेको भन्दै नेपाल स्काउट यसबारेमा चुप नबस्ने उनले बताए ।
सरकारले स्काउटको नेतृत्व गरिरहेका लोकबहादुर भण्डारीको नेतृत्व खारेजी गरेकोमो सरकारले चुनौती सामाना गर्नुपर्ने उनले बताए । सोमबार भण्डारी हेटौंडा आउने कार्यतालिका रहेपनि आइतबार सरकारले तदर्थ कमिटी खारेजी गरिदिएको थियो ।
प्रदेशको स्काउट प्रमुखको रुपमा सामाजिक विकास मन्त्री विजयी सुवेदी र राज्य मन्त्री जुनेली श्रेष्ठले शपथ लिएका छन् । मुख्यमन्त्री शाक्यबाट स्काउट हेटौंडाको संरक्षकको रुपमा हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महत, उपप्रमुख मिना लामा र शिक्षा प्रमुख गंगाधार रिमालले शपथ लिएका छन् ।
हेटौंडाका प्रमुख महतले नगर कमिटीलाई समेत शपथ खुवाएका थिए । यस्तै सामाजिक विकास मन्त्री विजयी सुवेदीले चितवका ७ स्थानीय तहको स्काउटको संयोजकलाई शपथ खुवाएका छन् । स्काउट बागमती प्रदेशको प्रमुख केसरत्न बज्राचार्यले सभ्य समाज निर्माणको लागि सानै उमेरदेखि स्काउटको शिक्षा लिनुपर्ने बताएका छन् ।

वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने

लुम्बिनी महामन्त्री विक्रम खनाललाई कांग्रेसले गर्यो पार्टीबाटै निस्कासन

प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?
उद्धार, राहत र मानवीय सहयोगमा समन्वय गरी जुट्न कार्यकर्तालाई रास्वपाको आह्वान

रसुवामा बाढी : केन्द्रीय सुरक्षा समितिको बैठक १ बजे

सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

उद्धार कार्यलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

प्रतिक्रिया