सराेजको 'भकारीमा धान’ गीतको भिडियो सार्वजनिक
काठमाडौँ - सञ्चारकर्मी तथा गायक सरोज कोइराला र गायिका मेलिना राईको स्वरमा ‘भकारीमा धान’ बोलको गीत सार्वजनिक भएको छ । यसमा गीतमा गायक कोइरालाकै शब्द-संगीत छ । संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् ।
भिडियोसहित सार्वजनिक भएको गीतमा सुधिर श्रेष्ठ र सगुन कोइरालाले नृत्य, अभिनय गरेका छन् । सुधिर श्रेष्ठ यसअघि पनि दर्जनौ भिडियोहरुमा काम गरिसकेका स्थापित मोडल हुन भने सगुन कोइरालाले यसै भिडियोमार्फत मोडलिङको क्षेत्रमा पाइला चालेकी छिन् । उनी फेसन डिजाइनकी विद्यार्थी हुन ।
अहिलेका व्यस्त सिनेमाटोग्राफर उत्सव दाहालले छायांकन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । निर्देशन विधान कार्कीले गरेका हुन ।
पूर्व र मध्यक्षेत्रतीरका लोकभाकामा आधारित रहेको गीत ‘भकारीमा धान’ को छायांकन काभ्रेपलाञ्चोक जिल्लाको रमणीय र मौलिक रहनसहन भएको क्षेत्रमा गरिएको हो ।
मेलोडियस आधुनिक गीतहरुमा स्वर तथा संगीत दिँदै आएका सरोजले यसै गीतमार्फत आफ्नो शैली परिवर्तन गरेका छन् । 'हरेक नेपालीको मनमा लोकधुन हुन्छ नै, म भित्र रहेको त्यहि धुन यस गीतमार्फत प्रस्फुटित भएको हो' उनी भन्छन ।
सरोजले काठमाडौँस्थित साधना कला केन्द्रमा वरिष्ठ संगीतकार प्रकाश गुरुङसँग ३ वर्ष गायन प्रशिक्षण लिएका छन । उनले हालै त्रिभुवन विश्वविद्यालयबाट समेत संगीत विषयमा स्नातक तहको अध्ययन पुरा गरेका छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया