रवीन्द्र मिश्रले पार्टीलाई दिए आफ्नो किताबको पैसा

काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक राजनीतिसँगै राजकाजबाट हालसम्म प्राप्त लेखकस्व कर कट्टी गरी ६ लाख ५ हजार ६ सय २५ रुपैयाँ विवेकशील साझा पार्टीलाई प्रदान गरेका छन् । गत चैत अन्त्यमा प्रकाशित पुस्तकबाट प्राप्त सबै लेखकस्व उनले विवेकशील साझालाई दिने बताएका थिए ।
लामो समयदेखि परोपकारी गतिविधिमा संलग्न मिश्रले यसअघि प्रकाशित आफ्ना तीन पुस्तकको लेखकस्व (१२ लाख रुपैयाँ) चितवनका विपन्न चेपाङहरूको सहयोगार्थ प्रदान गरेका थिए ।
कोभिड–१९ ले पुस्तक बजारमा नराम्रो असर पारेको समयमा पनि मिश्रको पुस्तकको पहिलो संस्करण (७५०० प्रति) सबै बिक्री भएको प्रकाशक फाइनप्रिन्टका नीरज भारीले बताए । ‘यो पुस्तक बजारका लागि खुसीको विषय हो । हामीले दोस्रो संस्करणका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उनले भने ।
निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको वकालत गर्दै ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई केन्द्रमा राखेर नेपाली राजनीति, अर्थनीति, कूटनीति तथा समाज एवम् देशको दिगो र समतामूलक रूपान्तरणको सेरोफेरोमा लेखिएका स्तम्भ–निबन्धहरूको सङ्ग्रह हो, राजनीतिसँगै राजकाज ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_oTbgrkm4up_hnsr28vb1cycbn0gevkshinwak3zaj1dqbmtitlchmiqfjtdoog2udyn6k8u.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया