भारतमा थप २६ हजार नयाँ सङ्क्रमित

काठमाडौँ - भारतमा कोरोनाभाइरसबाट थप २६ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ४१ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
भारतमा अहिले पनि सङ्क्रमितको सङ्ख्या दुई लाख ९९ हजार ६२० रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ । एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।
त्यसैगरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड २९ लाख ३१ हजार ९७२ पुगेको छ । गत आइतबारसम्ममा भारतका ५६ करोड ४४ लाख जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ८६ करोड १० लाख डोज खोप लगाइएको छ । रासस

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया